• बुधबार-असार-४-२०८२

AIGP ठाडा मगरलाई दर्ज्यानी चिन्ह प्रदान

 

काठमाडौं, असार ५ – सशस्त्र प्रहरी बल नेपालका महानिरीक्षक राजु अर्यालले असार ४ गते सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षक (AIGP) पदमा पदोन्नति हुनुभएका गणेश बहादुर ठाडा मगरलाई दर्ज्यानी चिन्ह प्रदान गर्नुभएको छ।

एक विशेष समारोहका बीच महानिरीक्षक अर्यालले नवपदोन्नति भएका ठाडा मगरको काँधमा AIGP पदको चिन्ह लगाइदिनुभएको हो। ठाडा मगरको दीर्घकालीन सेवा, अनुशासन, र नेतृत्व क्षमताको मूल्याङ्कन गर्दै सरकारले हालै उहाँलाई अतिरिक्त महानिरीक्षक पदमा बढुवा गरेको हो।

 

कार्यक्रममा उच्चपदस्थ अधिकृतहरू, ठाडा मगरका परिवारजन, तथा अन्य आमन्त्रित व्यक्तिहरूको उपस्थिति रहेको थियो।
 

प्रतिकृया दिनुहोस