• शनिबार-असार-७-२०८२

नाइजेरियामा आइएसआइएसको आ क्र मण, ३४ सैनिकको मृ त्यु


नाइजेरिया, ७ असार(रासस/क्युएनए) : नाइजेरियाको दक्षिणपश्चिमी भागमा, मालीको सीमा नजिकै रहेको सैनिक अड्डामा इस्लामिक स्टेट (आइएसआइएस) ले गरेको सशस्त्र आक्रमणमा कम्तीमा ३४ जना सैनिकको मृ त्यु हुनुका साथै १४ जना घाइते भएका छन् ।

 

रक्षा मन्त्रालयले असार ६ गते शुक्रबार जारी गरेको विज्ञप्तिमा आक्रमण २०८२ असार ५ गते  बिहीबार बानी बङगौको क्षेत्रमा भएको जनाएको छ । उक्त आक्रमणमा आक्रमणकारीहरूले आठ वटा गाडी र २०० भन्दा बढी मोटरसाइकल प्रयोग गरेका थिए । आक्रमणपछि सेनाले उक्त क्षेत्रलाई सुरक्षित गर्न हवाई र स्थलबाट सर्वेक्षण सुरु गरेको बताइएको छ ।

 

आइएसले आफ्ना तर्फबाट जारी गरेको विज्ञप्तिमा उक्त आक्रमणको जिम्मेवारी लिएको छ । मन्त्रालयले थप विवरणहरू पर्खिरहेको बताएको छ ।


यस घटनाले क्षेत्रीय सुरक्षा अवस्थाको गम्भीरता झल्काउँछ भने सुरक्षा बलहरू अझ सर्तक बन्नुपर्ने आवश्यकतालाई उजागर गरेको छ ।
---

प्रतिकृया दिनुहोस