• शनिबार-असार-७-२०८२

कालीगण्डकी ‘करिडोर’ यातायात अवरुद्ध, पहिरो  रोकिएन

गुल्मी, ७ असारः शुक्रबारदेखि अवरुद्ध कालीगण्डकी करिडोर  निरन्तरको पहिराका कारण आज पनि बन्द नै रह्यो । कालीगण्डकी गाउँपालिका –१ अन्तरगत हर्मीचौर–अर्बेनीमा निरन्तर सुक्खा पहिरो खसेपछि करिडोर पूर्ण रूपमा अवरुद्ध भएको हो । 

 

पहिरो रोकिएकाले सडक सञ्चालन गर्न समस्या परेको जिल्ला प्रहरी कार्यालयका सुचना अधिकारी गङ्गाबहादुर सारुले बताउनुभयो । “सडक माथिबाट लगातार सुक्खा पहिरो झरिरहेको छ, हामीले यात्रुहरुलाई वैकल्पिक सडक प्रयोग गर्न आग्रह गरेका छौ,” प्रहरी नायव उपरीक्षक सारुले भन्नुभयो । उहाँले तत्कालै उक्त सडक सञ्चालन हुनसक्ने अवस्था नरहेको बताउनुभयो । 

 

पहिराले अवरुद्ध रिडी–बामीटक्सार सडकखण्ड भने एकतर्फी रुपमा मात्र सञ्चालनमा आएको छ । उक्त सडकखण्ड अन्तरगत चन्द्रकोट गाउँपालिका –७ स्थित सिस्ने भीरमा सडक माथिबाट खसेको पहिरोको केही भाग हटाएपछि सडक आंशिक रुपमा सञ्चालन गएिको प्रहरीले जनाएको छ ।

प्रतिकृया दिनुहोस