काठमाडौं, असार १० – सशस्त्र प्रहरी बलमा असई (सहायक निरीक्षक) पदमा नाम निकालिदिने भन्दै चार लाख ९१ हजार रुपैयाँ ठगी गरी फरार रहेका सोम कौशिक क्षेत्री पक्राउ परेका छन्।
काठमाडौं महानगरपालिका–१५ बसोबास गर्ने ४७ वर्षीय क्षेत्रीले पीडितसँग आफ्नो ईसेवा आईडी र विभिन्न बैंक खातामार्फत रकम संकलन गरेका थिए। उनले आफू सशस्त्र प्रहरीमा प्रभावशाली पहुँच भएको बताउँदै सशस्त्र प्रहरी सहायक निरीक्षक पदमा ‘सिट मिलाइदिन्छु’ भन्ने प्रलोभन दिएका थिए।
उक्त घटनापछि पीडितको उजुरीका आधारमा २०७९ सालको मुलुकी अपराध संहिताअन्तर्गत ठगी सम्बन्धी कसुरमा काठमाण्डौं जिल्ला अदालत, बबरमहल बाट २०८२ असार ८ गते पक्राउ पुर्जी जारी गरिएको थियो।
पक्राउ पुर्जी जारी भएको भोलिपल्टै, असार ९ गते, काठमाण्डौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकु, काठमाण्डौं खटिएको प्रहरी टोलीले नागार्जुन नगरपालिका–७ रामकोट क्षेत्रबाट उनलाई पक्राउ गर्न सफल भएको हो। पक्राउपछि उनलाई थप अनुसन्धान तथा आवश्यक कानुनी कारबाहीका लागि जिल्ला प्रहरी परिसर, भद्रकाली, काठमाडौं पठाइएको छ।
पक्राउ परेका व्यक्तिको विवरण:
▪ नाम: सोम कौशिक क्षेत्री
▪ उमेर: ४७ वर्ष
▪ ठेगाना: काठमाडौं महानगरपालिका–१५
प्रहरीका सूचना अधिकारी: काजी कुमार आचार्यका अनुसार उनले रकम ठगी गरेर लामो समयसम्म सम्पर्कविहीन भई फरार रहेका थिए। अहिले प्रहरीले अन्य सम्भावित पीडितहरूबारे पनि अनुसन्धान थालिएको जनाएको छ।
प्रतिकृया दिनुहोस