• बुधबार-असार-११-२०८२

अध्यक्ष दाहाल र अध्यक्ष नेपालबीच भेटवार्ता

 

काठमाडौँ, १० असार : नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालबीच भेटवार्ता भएको छ । आज सिंहदरबारमा बसेको दुई दलका शीर्ष नेताहरूको बैठकमा मुलुकको समसामयिक विषयवस्तुमा छलफल भएको हो ।

 

दुवै पार्टीका शीर्ष नेताहरू सहभागी हुनुभएको उक्त बैठकमा वामपन्थी शक्तिबीच ध्रुवीकरण, बजेट समीक्षा, राजनीतिक घटनाक्रम, संसदीय गतिरोध अन्त्य गर्नेलगायत विषयमा छलफल भएको थियो ।

 

माओवादीका वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठ, महासचिव देव गुरुङका साथै एकीकृत समाजवादीका वरिष्ठ उपाध्यक्ष राजेन्द्र पाण्डे, महासचिव घनश्याम भुसाल, वरिष्ठ नेता वेदुराम भुसाल सहभागी हुनुहुन्थ्यो ।

 

पछिल्लो समय कम्युनिष्ट शक्ति एकताबद्ध गर्न भएका प्रयास, अन्तर्राष्ट्रिय राजनीतिक अवस्था, अन्तर्राष्ट्रिय तहमा शक्तिराष्ट्रबीच भएका युद्ध र त्यसको प्रभाव, भिजिट भिसा प्रकरण, सरकारको कार्यशैलीबारे छलफल गरिएको एकीकृत समाजवादीका प्रचार विभाग उपप्रमुख दामोदर अर्यालले जानकारी दिनुभयो । उहाँका अनुसार माओवादी केन्द्र र एकीकृत समाजवादी पार्टीबीच एकताको सम्भावना, सैद्धान्तिक आधार, प्रक्रियागत विषयमा समीक्षा गरिएको छ ।
---

 

प्रतिकृया दिनुहोस