काठमाडौं – माध्यमिक शिक्षा परीक्षा (एसईई) २०८० को नतिजा आज साँझ ५:३० बजेपछि सार्वजनिक हुन सक्ने राष्ट्रिय परीक्षा बोर्डले जनाएको छ।
परीक्षा बोर्डका अध्यक्ष महाश्रम शर्माले नतिजा प्रकाशनको अन्तिम तयारी हुँदै गरेको जानकारी दिँदै भने, "यदि सबै प्रक्रिया सहज रूपमा सम्पन्न भयो भने आज साँझ नै नतिजा प्रकाशित हुन्छ।"
उनका अनुसार प्राविधिक परीक्षण र अन्तिम प्रमाणीकरणको काम चलिरहेको छ। कुनै बाधा नआएमा समयमै नतिजा सार्वजनिक हुने उनले बताए।
विद्यार्थी, अभिभावक तथा शैक्षिक क्षेत्रका सरोकारवालाबीच नतिजाप्रतिको उत्सुकता चुलिएको छ।
प्रतिकृया दिनुहोस