मस्को । रूस र युक्रेनले युद्धबन्दी आदानप्रदान पूरा गरेपछि तेस्रो चरणको वार्ता गर्न सहमत भएका छन् । रूसी राष्ट्रपति भ्लादिमिर पुटिनले शुक्रबार मिन्स्कमा सर्वोच्च युरेशियन आर्थिक परिषद् पश्चात तेस्रो पक्षको वार्ताका लागि दुवै पक्ष सहमत भएको बताएका हुन् ।
सञ्चारकर्मीहरुसँग कुरा गर्दै पुटिनले जुन २ मा इस्तानबुलमा वार्ता गरिए अनुसार युद्धबन्दीहरूको आदानप्रदान र मृत लडाकूहरूको शव हस्तान्तरण पूरा भएपछि रूस र युक्रेन तेस्रो चरणको वार्ता गर्न सहमत भएको बताएका हुन् ।
रूस इस्तानबुलमा युक्रेनसँग नयाँ चरणको वार्ताको लागि तयार छ, ‘पुटिनले भने, तेस्रो चरणको वार्ताको समय र स्थान सहमति हुन आवश्यक छ । तेस्रो चरणको वार्ताको क्रममा सम्झौताको बारेमा रूस र युक्रेन बीचको मस्यौदा ज्ञापनपत्र छलफलको विषय बन्नु पर्छ ।’
सोही दिन, युक्रेनी रक्षामन्त्री रुस्तेम उमरोभले खुलासा गरे कि युक्रेनले युक्रेन र रूसका नेताहरू बीचको बैठकलाई प्रवद्र्धन गर्ने योजना बनाएको छ र मानवीय मुद्दाहरूमा छलफल पूरा भएपछि ठोस संवाद सुरु गर्ने अपेक्षा गरेको छ ।
युक्रेनी सैन्य गुप्तचरका प्रवक्ता एन्ड्री युसोभले शुक्रबार धेरै कठिनाइहरूको बाबजुद पनि इस्तानबुल सम्झौता अन्तर्गत कैदी आदानप्रदान वार्ता अझै पनि स्थिर रूपमा अगाडि बढिरहेको बताए ।
जुन २ मा टर्कीको इस्तानबुलमा युक्रेन र रूस बीचको दोस्रो चरणको शान्ति वार्ताको क्रममा, रूस र युक्रेनले गम्भीर बिरामी र घाइते कैदीहरू, साथै २५ वर्ष मुनिका सैनिकहरू समावेश गर्ने “सबैका लागि“ आदानप्रदानमा सहमति जनाएका थिए ।
यस चरणको वार्तामा भएको कैदी आदानप्रदान सम्झौता अनुसार, रूस र युक्रेनले कम्तिमा एक हजार युद्धबन्दीहरू आदानप्रदान गर्न सहमति जनाएका छन् । रूसले युक्रेनलाई ६ हजार युक्रेनी सैनिकहरूको शव हस्तान्तरण गरेको छ ।
प्रतिकृया दिनुहोस