काठमाडौं, असार १४। रोटरी क्लब अफ राजधानीले रोटरी वर्ष २०२४/२५ का अध्यक्ष तथा समाजसेवी कुमार गौतमको कार्यकाल समापन गर्दै अन्तिम नियमित साप्ताहिक बैठक आयोजना गरेको छ। क्लबको १११५औं तथा यस वर्षको ५२औं साप्ताहिक बैठक एकैसाथ भावुक बिदाइ समारोहका रूपमा सम्पन्न भयो। अध्यक्ष गाैतमकाे ऐतिहासिक कार्यकाल २०८२ असार १६ गते राति १२ बजेपछि समाप्त हुनेछ ।
कार्यक्रममा अध्यक्ष गौतमले आफ्नो कार्यकालका अनुभवहरू साझा गर्दै क्लबको नेतृत्व पाएको अवसरलाई गौरवको रूपमा स्मरण गरे। उनले डेढ वर्षभन्दा बढी समयदेखि रोटरी क्लबकै विषयमा केन्द्रित रहेर सेवा गर्न पाएको भन्दै सबै पदाधिकारी, सदस्य तथा पूर्व अध्यक्षहरूप्रति हार्दिक आभार व्यक्त गरे।
रोटरी फाउण्डेसनमा ऐतिहासिक योगदान
गौतमको कार्यकालमा क्लबले २४ वर्षको इतिहासमै पहिलोपटक रोटरी फाउण्डेसनमा सबैभन्दा ठूलो आर्थिक योगदान गरेको उल्लेख गरिएको छ। रोटरी फाउण्डेसनमा यस वर्ष मात्र ५४ हजार अमेरिकी डलर बराबरको रकम जुटाइएको छ, जुन क्लबकै इतिहासमा उच्चतम योगदान हो। यो उपलब्धिलाई क्लबका सदस्यहरूले ऐतिहासिक उपलव्धिको रूपमा लिएका छन्।
५२ साता, ५२ बैठक : नियमितताको उदाहरण
गौतमको नेतृत्वमा रोटरी वर्ष २०२४/२५ मा ५२ साता सबै साप्ताहिक बैठकहरू समयमै सम्पन्न गरिएका छन्। क्लबको लामो इतिहासमा पहिलोपटक कुनै अध्यक्षले कार्यकालभरिको ५२ बैठक नियमित रूपमा सञ्चालन गरेको यो अर्को ऐतिहासिक उपलब्धि हो।
सेवा कार्यमा उल्लेखनीय वृद्धि
कार्यकालभरिमा क्लबबाट ३० भन्दा बढी सेवा परियोजनाहरू (सर्भिस प्रोजेक्ट) सफलतापूर्वक सम्पन्न गरिएका छन्। स्वास्थ्य, शिक्षा, वातावरण सरसफाइ, महिला सशक्तीकरण, वृद्ध सेवा र आधारभूत पूर्वाधार निर्माणजस्ता क्षेत्रलाई प्राथमिकतामा राखेर गरिएको कार्यको सदस्यहरूले विशेष प्रशंसा गरे। क्लबको “हिमाल सरसफाइ अभियान” अन्तर्गत ६ हजार मिटर उचाइमा पुगेर ५०० केजीभन्दा बढी फोहोर व्यवस्थापन गरिएको थियो।
सदस्य विस्तार र बुलेटिन प्रकाशनमा पनि प्रगति
गौतमको कार्यकालमा ७ जना नयाँ सदस्य क्लबमा प्रवेश गरेका छन्। त्यसैगरी, क्लबको नियमित मासिक प्रकाशन “राजधानी भ्वाइस” बुलेटिन प्रत्येक महिनामा प्रकाशित गरिएको छ। सदस्यहरूलाई सूचनामूलक सामग्रीमार्फत सक्रिय र अपडेट राख्ने काममा बुलेटिन प्रभावकारी बनेको थियो।
नेतृत्वप्रति प्रशंसा र भावुक बिदाइ
अन्तिम बैठकमा क्लबका पदाधिकारी, पाष्ट प्रेसिडेन्ट, प्रोजेक्ट प्रमुख, सदस्यहरू, रोट्राक्ट क्लब तथा आरसीसी प्रतिनिधिहरूले अध्यक्ष गौतमको कार्यसम्पादनप्रति प्रशंसा व्यक्त गरे। गौतमले नेतृत्वमा रहँदा सबैलाई सहकार्य, समन्वय र सम्मानको भावसहित अगाडि बढाएको उल्लेख गर्दै धेरैले उनलाई “सक्रिय, दूरदर्शी र समर्पित नेतृत्वकर्ताको उदाहरण” भने।
कार्यक्रममा अध्यक्ष गौतमले क्लबको आगामी नेतृत्वलाई सफल कार्यकालको शुभकामना दिँदै भावुक सन्देश दिएका थिए। उनले भने, “सामूहिक प्रयास, पारदर्शिता र समर्पणले मात्र संस्था बलियो बन्छ। मैले पाएजति साथ र विश्वास पाउने भाग्यमै भयो।”
क्लबले आगामी रोटरी वर्ष २०२५/२६ का लागि नयाँ नेतृत्वको तयारी गरिसकेको छ। सदस्यहरूबीच सेवा र प्रतिबद्धताको भावनालाई निरन्तरता दिँदै रोटरी क्लब अफ राजधानीले भविष्यमा पनि सामुदायिक हितमा अग्रसर हुने प्रतिवद्धता जनाएको छ।
समर्पण, सेवा र सहकार्यको सम्मान
अध्यक्ष गौतमले करिब डेढ वर्षदेखि रोटरी क्लबको बाहेक केही नसोचेको भावुक अभिव्यक्ति दिँदै भने, "हामीले जसरी सामूहिक प्रयासका साथ यो वर्ष सफल पार्यौं, त्यो हरेक सदस्य, पाष्ट प्रेसिडेन्ट र पदाधिकारीहरूको निरन्तर साथ र हौसला बिना सम्भव हुने थिएन।"
उनले विशेषगरी असिस्टेन्ट गभर्नर प्रवीण भट्टराईलाई निरन्तर मार्गदर्शन र समर्थनका लागि आभार व्यक्त गरे। त्यसैगरी, आइपीपी केपी सर (केपी भट्टराई) बाट सिकेका अनुभवको कदर गर्दै, प्रेसिडेन्ट इलेक्ट शिवराज भट्ट, प्रेसिडेन्ट नोमिनी रश्मी पोखरेल, उपाध्यक्ष दिनेशरत्न बज्राचार्य, र उपाध्यक्ष तिमिला श्रेष्ठप्रति पनि आभार व्यक्त गरियो।
कार्यसम्पादनमा सघाउने पदाधिकारीहरूलाई विशेष धन्यवाद
कोषाध्यक्ष विश्व जयसिंह शाही: आर्थिक व्यवस्थापन पारदर्शी ढंगले सञ्चालन गरेकोमा धन्यवाद।
सचिव उत्तम भट्टराई: कार्य सञ्चालनमा निरन्तर साथका लागि कदर।
एडमिन कमिटी चेयर तथा पाष्ट प्रेसिडेन्ट देबेन्द्रलाल श्रेष्ठ: बुलेटिन प्रकाशन, सल्लाहकार भूमिकालगायत महत्त्वपूर्ण योगदान।
मेम्बरसिप कमिटी चेयर तथा पाष्ट प्रेसिडेन्ट छेवाङ: ७ जना नयाँ सदस्य थप्न सफल।
सर्भिस कमिटी प्रमुख प्रदीप सर (पाष्ट प्रेसिडेन्ट प्रदीप): ३० भन्दा बढी सेवा परियोजना सफलतापूर्वक सम्पन्न।
अन्य महत्वपूर्ण योगदानकर्ताहरू
निश्चल बहादुर श्रेष्ठ: टीआरएफ कमिटीमार्फत सहयोग।
एआरआरएफसी एमके झा: ग्लोबल र डिस्ट्रिक्ट ग्रान्ट, सिस्टर्स क्लब लगायतमा अभिभावकीय भूमिका।
हरिराम पौडेल (सर्जेन्ट एट आम्स): बैठक सञ्चालन तथा व्यवस्थापन।
डा. भवानी प्रसाद ढुगाना (पाष्ट प्रेसिडेन्ट): ट्वाइलेट प्रोजेक्ट र मेन्टर भूमिका।
दिलीप सर (पब्लिक इमेज चेयर): नयाँ भए पनि पूर्ण समर्थन तथा सल्लाह प्रदान।
अमित गिरी (पाष्ट प्रेसिडेन्ट): डिस्ट्रिक्ट र क्लबबीच समन्वय भूमिका।
रोटरी समाजका विशेष सदस्यहरूप्रति धन्यवाद
डा. शंकरप्रसाद आचार्य: इन्भाइरनमेन्ट अवार्ड स्थापनाका सल्लाहकार।
छिरिङ सर: ६ हजार मिटर उचाइको हिमाल सफा गर्दै ५०० केजी फोहोर व्यवस्थापन।
रमेश कुमार श्रेष्ठ: वृद्ध सेवा कार्यक्रममा सक्रिय सहभागीता।
डा. ध्रुवमान श्रेष्ठ: व्यक्तिगत सल्लाह र प्रेरणा।
रमेशमान जोशी: स्वास्थ्य समस्या हुँदाहुँदै बैठकमा उपस्थिति र हौसला।
मथुन्ना (पब्लिक इमेज को-चेयर): सघन सहयोग।
अनुज गिरी (रोट्र्याक्ट क्लब अध्यक्ष) र सदिक्षा (अगामी अध्यक्ष): निरन्तर सहकार्य।
संलग्न संस्था र प्रशासनिक टीम
आरसीसी दक्षिणकालीका प्रेसिडेन्ट रामकृष्ण केसी र सम्पूर्ण आरसीसी सदस्यहरू।
एक्जिक्युटिभ सेक्रेटरी सुगम पौडेल: प्रशासनिक व्यवस्थापनमा सहकार्य।
समापन मन्तव्य
गौतमले समापनमा भने, “हाम्रो सामूहिक प्रयासबाट रोटरी वर्ष २०२४/२५ अत्यन्त स्मरणीय र प्रभावकारी रह्यो भन्ने मलाई लागेको छ। यो सफलतामा साथ दिने सबैलाई म हृदयदेखि धन्यवाद दिन चाहन्छु, मेराे नेतृत्वकाे सफलता र असफलताका विषयमा पनि गाइँगुइँ कुरा उठेकै हुन्, विराेध र आलाेचना कसकाे भएन ? विश्व विजेता हिटलर र महात्मा गान्धी, नेश्न मण्डेलाकाे त विराेध मात्रै हाेइन हत्या समेत गर्नेहरू निस्किएका थिए । जे हाेस् मैले मेराे क्षमता, तपाइँहरूकाे साथ सहयाेगले रोटरी क्लब अफ राजधानीकाे नेतृत्व गर्दाकाे समयमा इतिहास राख्ने काम गरेकाे जस्ताे महसुस गरेर विदा हुँदैछु र अबकाे नेतृत्वकाे पनि सफल कार्यकालका लागि शुभकामना दिन चाहन्छु ।
अध्यक्ष कुमार गौतमको कार्यकालमा ५२ साप्ताहिक बैठकहरू समयमै सम्पन्न हुनु, सबैभन्दा धेरै सेवा परियोजना, र रोटरी फाउण्डेसनमा ऐतिहासिक योगदान क्लबको कीर्तिमानका रूपमा स्मरण गरियो।
रोटरी क्लब अफ राजधानीले आगामी वर्ष २०२५/२६ का लागि नयाँ नेतृत्वलाई जिम्मेवारी हस्तान्तरण गर्न लागेको छ।
प्रतिकृया दिनुहोस