• आइतबार-असार-१५-२०८२

गाँजा र ब्राउन सुगरसहित ९ जना पक्राउ, सुनसरी–मोरङ–झापामा प्रहरीको ठूलो अपरेशन

 

काठमाडौं । प्रदेश १ का तीन जिल्लामा प्रहरीले एकैदिन लागू औषध विरोधी विशेष अपरेशन चलाउँदै ९ जनालाई गाँजा, ब्राउन सुगर, ट्याब्लेट लगायतका अवैध पदार्थसहित नियन्त्रणमा लिएको छ।

 

🔹 १२० किलो गाँजा कारभित्र लुकाएर तस्करी प्रयास


असार १४ गते सुनसरीको बराहक्षेत्र नगरपालिका–५ मा प्रहरी चौकी भरौलले चेकजाँचको क्रममा प्रदेश १–०२–००१ ज ४६३७ नम्बरको कारबाट १२० किलो गाँजा बरामद गरेको हो।
गाँजा कालो प्लास्टिकको पोकामा लुकाइएको थियो।


प्रहरीले मोरङ विराटनगर–४ का २६ वर्षीय धिरज गोसाई र जहदा गाउँपालिका–७ का २२ वर्षीय बिकास यादवलाई पक्राउ गरेको छ।

 

🔹 मोरङमा ब्राउन सुगरसहित दुई पक्राउ


रतुवामाई नगरपालिका–१ मा इलाका प्रहरी कार्यालय सिजुवाले चेकजाँच गर्दा रतुवामाई–४ का ३५ वर्षीय रञ्जित शर्मा र ३० वर्षीय रोमबहादुर राजवंशीलाई ४१.८१० ग्राम ब्राउन सुगरसहित नियन्त्रणमा लिएको छ।

🔹 सुन्दरहरैंचा र विराटनगरमा लागुऔषध ट्याब्लेट र ब्राउन सुगरसहित तीन पक्राउ


लागू औषध नियन्त्रण ब्युरो विराटनगरको टोलीले

 

सुन्दरहरैंचा–७ का २१ वर्षीय रोहित मगरलाई २.४९ ग्राम ब्राउन सुगरसहित,

 

विराटनगर–११ का १९ वर्षीय निखिल मल्लिकलाई NITRAZEPAM ७० ट्याब्लेटसहित,

 

विराटचोकमा ट्रामाडोल ९० ट्याब्लेटसहित सुन्दरहरैंचा–९ का २७ वर्षीय अनिल कुमारलाई पक्राउ गरेको छ।

🔹 काँकरभिट्टामा पनि लागुऔषधसहित दुई जना समातिए


काँकरभिट्टा, झापास्थित लागू औषध नियन्त्रण ब्युरोले कनकाई नगरपालिका–३ का २७ वर्षीय निर्मल विश्वकर्मा र मोरङ मिक्लाजुङका २० वर्षीय सिसिर लिम्बुलाई २.३० ग्राम ब्राउन सुगरसहित पक्राउ गरेको छ।

प्रतिकृया दिनुहोस