नेपाल महिला फुटबलको गौरव हुन्–सबित्रा भण्डारी, अञ्जिला तुम्बापो सुब्बा र अनिता बस्नेत । यिनीहरू न केवल आफ्नो खेल कौशलका लागि चर्चित छन्, तर आत्मविश्वास, व्यक्तित्व र प्रस्तुतिका हिसाबले पनि उनीहरूले नेपाली खेलकुदको मैदानमा एउटा फरक चमक भरेका छन् । सुन्दरता, शक्ति र स्मार्टनेसको उत्कृष्ट मिश्रण हुन् यी तीन प्रतिभावान महिला खेलाडीहरू ।
१. सबित्रा भण्डारी (SABITRA BHANDARI – “SAMBA”):
नेपाल महिला फुटबलको ‘गोल मेसिन’ भनेर चिनिने सबित्रा भण्डारीले आफ्नो आक्रमण शैली, फुर्तिलो दौड र गोल गर्ने अद्भूत क्षमताले अन्तर्राष्ट्रिय मैदानमा समेत तहल्का मच्चाउन सफल भएकी छिन् । उनले नेपालको तर्फबाट सर्वाधिक गोल गर्ने कीर्तिमान कायम गरिसकेकी छिन् । भारतको चर्चित क्लब Gokulam Kerala FC बाट समेत खेलेकी सबित्रा अहिले दक्षिण एसियाकै चर्चित महिला स्ट्राइकर मानिन्छिन् । खेल मैदानमा उनको आत्मविश्वास र मैदानबाहिरको सौन्दर्यपूर्ण व्यक्तित्वले उनलाई ‘Most Complete Athlete’ बनाएको छ ।
२. अञ्जिला तुम्बापो सुब्बा (ANJILA TUMBAPO SUBBA):
नेपाल महिला टिमकी नम्बर १ गोलकिपर अञ्जिला सुब्बा मैदानमा एउटा चट्टानी पर्खाल हुन् । उनका चिप्ला बचाउहरू, तीव्र प्रतिक्रिया र टिमप्रतिको समर्पणले उनी नेपाली टिमको आत्मा बन्न सफल भएकी छिन् । सौम्य व्यक्तित्व, आकर्षक मुस्कान र अनुशासनप्रियता उनको विशेषता हो । फुटबल मात्रै होइन, सामाजिक सञ्चालमा समेत सक्रिय अञ्जिला युवापुस्ताको प्रेरणाको स्रोत बनेकी छिन् ।
३. अनिता बस्नेत (ANITA BASNET):
नेपाली मिडफिल्डमा लय दिने खेलाडीका रूपमा चिनिएकी अनिता बस्नेतको ‘पोजिशन सेंस’, ‘पासिङ एक्युरेसी’ र ट्याक्लिङ क्षमता प्रशंसनीय रहेकाे छ । उनी भारत र बंगलादेशका क्लबहरूमा खेलिसकेकी अनुभवी खेलाडी हुन् । पिच(मेदान)मा उनको स्थायित्व र पिचबाहिर उनको शालीनता–दुवैले अनितालाई खास बनाउँछ ।
यी तीन खेलाडी, एक सन्देश–सुन्दरता प्रतिभामा हो, शैली आत्मविश्वासमा
यी तीन खेलाडीहरूले महिला खासगरी युवतीहरूमा आत्मबल प्रदान, नेपाली समाजको सोच परिवर्तन गर्न सहयोग गरिरहेका छन्–‘सुन्दरता’ केवल अनुहारमा होइन, तपाईंको कडा मेहनत, समर्पण र सोचमा पनि हुन्छ भन्ने सन्देश उनीहरूले दिन सकेका छन् । खेलमा सफलता, सामाजिक व्यवहारमा सौम्यता र आत्मविश्वासमा आकर्षण–यी सबै गुणहरू यी चर्चित खेलाडीहरूमा पाइन्छ । यिनीहरू देशका गाैरव हुन् ।
प्रतिकृया दिनुहोस