• बुधबार-असार-२५-२०८२

अध्यागमन विभागद्वारा आगमन र प्रवेश क्षेत्रमा कडाइ


काठमाडौं । अध्यागमन विभागले अन्तर्राष्ट्रिय विमानस्थल, गौचरमा रहेको आगमन र प्रवेश क्षेत्रमा कडाइ गरेको छ । 


विभागले अन्तर्राष्ट्रिय विमानस्थल, गौचरमा रहेको आगमन र प्रवेश क्षेत्रमा अध्यागमन कर्मचारीहरू र यात्रुहरूबाहेक अन्य व्यक्तिहरूको अनुमति विनाको प्रवेश निषेधलाई कडाइ गरेको हो । 


विभागका अनुसार आगमन वा प्रस्थान गर्ने यात्रुका आफन्तहरूको अध्यागमन सम्मै हुने अनधिकृत प्रवेशलाई पूर्ण रूपमा निषेध हुनेछ । 

 

अध्यागमन निकायले चेकजाँच गर्ने कागजात प्रवेश विन्दुदेखि उपस्थित अधिकांश निकाय, सुरक्षाकर्मी, हवाइसेवा कम्पनीहरू, ग्राउण्ड ह्याण्डलिङ रहेका एयरलाइन्सका कर्मचारीहरू समेतले अनावश्यक चेकजाँच गर्ने र यात्रुलाई विना कारण अध्यागमनस्थल र प्रक्रियामा प्रवेश नगराई फिर्ता गरिदिँदा यसको दोष समेत अध्यागमन प्रशासनले भोग्नुपरेको गुनासो विभागको छ । 
 

 

प्रतिकृया दिनुहोस