• बुधबार-असार-२५-२०८२

नेतृ झाँक्रीलाई आत्मालोचनासहित स्पष्टीकरण बुझाउन ७ दिनको समय 


काठमाडौं । नेकपा एसकी नेतृ रामकुमारी झाँक्रीलाई लिखित आत्मआलोचना गरी स्पष्टीकरण बुझाउन ७ दिनको समय दिइएको छ । 

 

मंगलबार बसेको नेकपा (एकीकृत समाजवादी)को केन्द्रीय सचिवालय बैठकले रामकुमारी झाँक्रीले व्यक्त गरेका अभिव्यक्तिहरु आपतिजनक रहेको भन्दै आत्मआलोचना गर्न ७ दिनको समय दिइएको नेकपा एसका उपमहासचिव प्रकाश ज्वालाले जानकारी दिएका हुन् । 

 

‘रामकुमारी झाँक्रीले व्यक्त गरेका अभिव्यक्ति अलि आपतिजनक छन् । पार्टी हित विपरीत छन् भन्ने निष्कर्षका आधारमा उहाँलाई अबदेखि पार्टीलाई नकरात्मक असर पार्ने, पार्टी पङ्क्तिलाई भ्रम पार्नेखालको अभिव्यक्तिहरु नदिने प्रतिवद्धतासहित ७ दिन भित्र पार्टीमा लिखित आत्मालोचना गर्ने गरी निर्देशत गर्ने निर्णय गरिएको छ,’ उनले भने । 

 

आजको बैठक झाँक्रीलाई सचेत, निलम्बन वा निष्कासनमध्ये के गर्ने भन्नेमा केन्द्रित थियो । झाँक्री स्वयंलाई आत्मालोचना (माफी माग्ने) मौका दिनुपर्ने पनि केहीले राय राखेका थिए ।

 

आजको बैठकमा पतञ्जली जग्गा प्रकरणका विषयमा पनि छलफल भएको थियो । पार्टीका अध्यक्ष माधव कुमार नेपालमाथि लगाइएको मुद्धा राजनैतिक प्रतिशोधका आधारमा लगाइएको र यसका लागि कानूनीरुपमा अगाडि निर्यण भएको ज्वालाले बताए । 

 

‘पार्टीका अध्यक्ष माधव कुमार नेपालमाथि लगाइएको मुद्धा राजनैतिक प्रतिशोधका आधारमा आग्रहपूर्व तरिकाले योजनावद्धरुपमा षढयन्त्रमूलक तरिकाले लगाइएको छ । यसमा सिङगो पार्टी र जनसमुदायमा राजनैतिक प्रतिवादी गर्दै अगाडि बढ्ने र कानूनीरुपमा उपचारको निम्ति हामी अगाडि बढ्छौ,’ उनले भने । 

 

प्रतिकृया दिनुहोस