• आइतबार-श्रावण-११-२०८२

स्वस्थ खाना खाउँ, स्वस्थ जीवन जिउँ’- ‘हङ्ग्री वेल्स’-भंगाल

 
काठमाडौं, असार २८  गते । शैक्षिक परामर्श व्यवसायमा डेढ दशकभन्दा लामो अनुभव बटुलेका शिशिर सिंखडाले अब ‘हस्पिटालिटी’ क्षेत्रमा पाइला चालेका छन् । काठमाडौंको बुढानीलकण्ठ–८, भंगालमा ‘हङ्ग्री वेल्स रेष्टुरेन्ट’ सञ्चालनमा ल्याउँदै उनले नयाँ स्वादको संसारमा आम ग्राहकलाई स्वागत गरेका छन् ।

‘स्वस्थ खाना खाउँ, स्वस्थ जीवन जिउँ’ भन्ने नाराका साथ सञ्चालनमा आएको हङ्ग्री वेल्सले नेपाली स्वादको मौलिकता मात्र होइन, इण्डियन, चाइनिज, इटालियन तथा कन्टिनेन्टल परिकारहरु पनि एकै थलोमा उपलब्ध गराउने वाचा गरेको छ ।

शान्त र स्वच्छ वातावरणमा पारिवारिक घुमघामलाई पनि ध्यानमा राखेर डिजाइन गरिएको रेष्टुरेन्टबारे सञ्चालक सिंखडाले भने, “ग्राहकको स्वाद र स्वास्थ्य दुवैलाई ध्यानमा राखेर हामीले अनुभवी कुकहरुको टिम तयार गरेका छौं, जसले स्टार होटलमा काम गरेका छन् ।”

स्वच्छता र पोषणमा कुनै सम्झौता नगर्ने अडानका साथ हरेक परिकारमा प्रयोग गरिने सामग्रीको गुणस्तरीयता सुनिश्चित गरिने संचालक सिंखडाको प्रतिबद्धता छ ।

करिब एक करोडको प्रारम्भिक लगानीमा सञ्चालनमा आएको हङ्ग्री वेल्सले घरमै बसेर स्वाद लिन चाहने ग्राहकका लागि फुडमाण्डु, पठाओ फुड, भोज डिल जस्ता लोकप्रिय अनलाइन डेलिभरी प्लेटफर्महरुसँग सहकार्य गरेर छिट्टै होम डेलिभरी सेवा सुरु गर्ने तयारी गरिरहेको छ ।

यससँगै, निकट भविष्यमा हङ्ग्री वेल्सलाई फ्रेन्चाइज मोडलमा विस्तार गर्दै नेपालभर शाखा विस्तार गर्ने लक्ष्य लिइएको संचालक सिंखडाको भनाइ छ । “हस्पिटालिटी क्षेत्रमा केही उदाहरणीय काम गरौं भन्ने सोचका साथ हङ्ग्री वेल्स स्थापना गरिएको हो,” सिंखडाले बताए ।

शिक्षा क्षेत्रमा अनुभवी र दूरदृष्टि भएका व्यवसायीको हस्पिटालिटी क्षेत्रमा प्रवेशसँगै ‘हङ्ग्री वेल्स’ अब राजधानीमा स्वाद र सेवा दुबैको नयाँ ठेगाना बन्ने अपेक्षा गरिएको छ ।

प्रतिकृया दिनुहोस