काठमाडौं । महालक्ष्मी विकास बैंकको २०८२ असार २० गते बसेको सञ्चालक समितिको बैठकले अश्वीनी कुमार ठाकुरलाई स्वतन्त्र सञ्चालकको रुपमा नियुक्त गरेको छ ।
ठाकुरले नेपाल राष्ट्र बैंकको कार्यकारी निर्देशक, राष्ट्रिय जीवन बीमा कम्पनी (साविकः राष्ट्रिय बीमा संस्थान) को प्रमुख कार्यकारी अधिकृत तथा मध्यपश्चिामञ्चल ग्रामीण विकास बैंक, हाइड्रोईलेक्ट्रीसिटी इन्भेष्टमेन्ट एण्ड डेभलपमेन्ट कम्पनी लिमिटेड, अपर तामाकोशी हाइड्रोपावर लिमिटेड, नेशनल बैंकिङ्ग इन्स्टिच्युट लिमिटेड लगायतका संगठित संस्थाहरुको बोर्ड सदस्यको जिम्मेवारीमा काम गरिसकेका छन् ।
बैंकको केन्द्रीय कार्यालयमा आयोजित एक कार्यक्रमका बीच उनले पद बहाली गरेका छन् । उक्त कार्यक्रममा बैंकको संचालक समिति सदस्यहरुले संयुक्त रुपमा उनको सफल कार्यकालको शुभकामना समेत व्यक्त गरेका छन् । ठाकुरको विगतको अनुभवले बैंकको समग्र संस्थागत सुशासन अभिवृद्धि गर्न मद्दत पुग्ने विश्वास बैंकले लिएको छ ।
‘सबल बैंक, सफल सहकार्य’ को नारालाई आत्मसाथ गर्दै नेपाली जनताको घरदैलोमा अनवरत रुपले गुणस्तरीय वित्तीय सेवा प्रदान गर्दै आएको महालक्ष्मी विकास बैंकको देशभर १०३ शाखा कार्यालयहरु र ८ लाख ग्राहकहरु रहेका छन् ।
प्रतिकृया दिनुहोस