• शुक्रबार-श्रावण-२-२०८२

सिमकोटमा ट्याक्टर दुर्घटना : १५ जना घाइते, एकको अवस्था गम्भीर

 

सिमकोट, (हुम्ला), २ साउन : यहाँको सिमकोट गाउँपालिका–१ बैजीबाडामा ट्याक्टर दुर्घटना हुँदा १५ जना घाइते भएका छन् । घाइतेमध्ये १३ सामान्य, एक मध्यम र एक जनाको अवस्था गम्भीर रहेको जिल्ला प्रहारी कार्यालयले जनाएको छ । 

 

सोही वडाको दोजामबाट सदरमुकाम सिमकोटतर्फ आउँदै गरेको क ०२००१ त ०३५३ नम्बरको ट्याक्टर दुर्घटनामा परेको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक शङ्कर पोखरेलले बताउनुभयो ।

 

घाइतेहरुको प्रहरी र स्थानीयले उद्धार गरिरहेको जनाइएको छ । घाइतेहरुको पहिचान खुल्न केही समय लाग्ने प्रहरीको भनाइ छ । 
---

 

 

प्रतिकृया दिनुहोस