• बुधबार-श्रावण-७-२०८२

पार्टी फुटाएको होइन, प्रचण्डसँग विद्रोह गरेका हौं : विप्लव


काठमाडौं । नेपाल कम्युनिस्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द विप्लवले नेकपा (माओवादी) केन्द्रसँग पार्टी नफुटाई प्रचण्डसँग विद्रोह गरेको बताएका छन् । 

 

मंगलबार पुष्पलाल स्मृति दिवसका सन्दर्भमा आयोजित कार्यक्रममा बोल्दै उनले आँखा अगाडि माओवादी विग्रिँदै गएको भन्दै विद्रोह गरेको बताएका हुन् । 

 

उनले भने, ‘हामीले प्रचण्ड कामरेडसँग पार्टी फुटाएको होइन । विद्रोह गरेका हौँ । माओवादी कसरी विग्रिँदै थियो भन्ने कुरा प्रत्यक्ष आँखाले देखेको छु । त्यसकारण आँखा अगाडि आइसकेको परिणाम त नाकले पनि देख्छ नि ?’

 

उनले देशमा दलाल पूँजीवादहरु र नेपाली जनताको बीचको अन्तरविरोधहरु हल नभएको भन्दै राज्य अस्थिरतामा गएको बताए । 
 

 

प्रतिकृया दिनुहोस