• शुक्रबार-श्रावण-९-२०८२

विद्यार्थीलाई अमेरिका पठाउने बहानामा १ करोड २० लाख ठगी गर्ने गिरोह पक्राउ

काठमाडौं, २०७९ साउन ७ । विद्यार्थी भिसाको नाममा अमेरिका पठाइदिने बहाना बनाउँदै ठगी गर्ने एक ठगी गिरोहलाई काठमाडाैं उपत्यका अपराध अनुसन्धान महाशाखाकाे प्रहरी टाेलीले पक्राउ गरेको छ। बिभिन्न व्यक्तिहरुलाई अमेरिका पठाउने नाममा बैंक खातामा रकम जम्मा गराउने, त्यसपछि सम्पर्कविहीन हुने जालसाजीको गिरोह सक्रिय रहेको पाइएको छ। यसै क्रममा ठगीमा संलग्न तीन जनालाई काठमाडौंको विभिन्न स्थानबाट प्रहरीले पक्राउ गरेको हो।

प्रहरीका अनुसार, ठगीको शैली यस्तो थियो: ठगहरुले अमेरिका जान चाहने विद्यार्थीलाई आवश्यक बैंक ब्यालेन्स देखाउनुपर्ने भन्दै रू.१,२०,००,००० (एक करोड बीस लाख) बराबरको रकम आफ्नो खातामा जम्मा गरिदिन अनुरोध गर्थे। विश्वास दिलाउन बिदेश जाने कागजात देखाउने, सल्लाह दिने र तात्कालिक प्रक्रिया अगाडि बढाउने नाटक पनि गर्थे। रकम खातामा जम्मा भएपछि भने ती व्यक्ति सम्पर्कविहीन हुने र उक्त रकम विभिन्न खातामा सारिने अनुसन्धानबाट खुलेको छ।

पक्राउ परेका व्यक्तिहरूको विवरण यस्तो छः

१) बिशाल घिमिरे, उमेर २३ वर्ष,
– ठेगाना: काभ्रेपलाञ्चोक, बनेपा नगरपालिका–२,
– हाल: भक्तपुर, मध्यपुरथिमी नगरपालिका–१, लोकन्थली।
– यसअघि पनि मिति २०८२/०१/१८ मा विद्यार्थी भिसामा अमेरिका पठाइदिने भन्दै एकजनाबाट ६१ लाख रुपैयाँ ठगी गरेको अभियोगमा पक्राउ परी अनुसन्धान भइरहेको थियो।

) समिर सिंह, उमेर २५ वर्ष,
– ठेगाना: सर्लाही, लालबन्दी नगरपालिका–१, नवलपुर,
– हाल: काठमाडौं, काठमाडौं महानगरपालिका–९, गौशाला।

३) अशोक कुमार यादव, उमेर २६ वर्ष,
– ठेगाना: सर्लाही, कबिलासी नगरपालिका–९, सल्यानपुर,
– हाल: ललितपुर, महालक्ष्मी नगरपालिका–५, ईमाडोल।

तीनैजनाले मिलेर पीडितलाई विश्वासमा पार्दै रकम जम्मा गराएका थिए। रकम जम्मा भएलगत्तै उनीहरूले रकम विभिन्न बैंक खातामा सारेर सम्पर्क विच्छेद गरेका थिए।

ठगीसम्बन्धी कसूरमा अनुसन्धान अघि बढाइएको, पीडित व्यक्तिले दिएको जाहेरीका आधारमा काठमाडाैं उपत्यका अपराध अनुसन्धान महाशाखा, काठमाडौंबाट खटिएको टोलीले २०८२ साउन ६ गते तीनैजनालाई पक्राउ गरेको हो। प्रारम्भिक अनुसन्धानपछि उनीहरूलाई ठगीसम्बन्धी कसुरमा कारबाहीका लागि जिल्ला प्रहरी परिसर, काठमाडौं भद्रकाली पठाइएको छ।

प्रहरीको आग्रह
प्रहरीले यस्ता खालका झुटा आश्वासन दिने दलाल र गिरोहबाट सावधान रहन आम नागरिक तथा बिदेश जान चाहने विद्यार्थीहरूलाई अनुरोध गरेको छ। “कुनै पनि प्रक्रियामा रकम जम्मा गर्नु अघि आधिकारिक जानकारी लिनुहोस्, शंकास्पद व्यवहार भएमा तुरुन्त प्रहरीलाई खबर गर्नुहोस्,” प्रहरीको अपिल छ।

प्रतिकृया दिनुहोस