• बिहीबार-श्रावण-१५-२०८२

चीनमा बच्चा जन्मेपछि बाबुलाई १५ सय डलर र ३० दिन बिदाको अफर

 

बेइजिङ, १४ साउन । चीन सरकारले आफ्नो जन्मदर सुधार गर्न निरन्तर नयाँ नयाँ प्रयोग गरिरहेको छ ।

 

सरकारले अब बच्चा जन्माएमा बाबुलाई झन्डै २ लाख रुपैयाँ अनुदान दिने निर्णय गरेको छ । यो अनुदान ३ वर्षभन्दा कम उमेरका बालबालिकालाई पनि दिइने सरकारले जनाएको छ ।

 

यसो गर्दा जन्मदर बढ्न सक्ने चिनियाँ सरकारको विश्वास छ । चीनमा प्रजनन दरको अनुपात घटेर अहिले १.०९ प्रतिशत मात्रै छ, यसले चीनमा निकट भबिश्यमा नै जनसांख्यिक समस्या हुने देखाएको छ । सरकारले यसलाई ३ प्रतिशतमा लैजाने प्रयास गरिरहेको छ ।

 

बेइजिङमा घोषणा गरिएको यो सूत्र अनुसार बालबालिकालाई जन्मिने बित्तिकै ५ सय डलर र अभिभावकलाई १ हजार डलर दिने व्यवस्था छ । यसको मतलब बच्चा जन्मने बित्तिकै परिवारले १५०० डलर पाउनेछ। सरकारले तीन वर्षअघि जन्मेका बालबालिकालाई अनुदानमा समावेश गर्ने निर्णय गरेको छ ।

 

सरकारले यो अनुदान लिनका लागि कुनै पनि चिनियाँ नागरिकले आवेदन दिन सक्ने बताएको छ । सरकारले खातामा सिधै पैसा ट्रान्सफर गर्नेछ। चीनको जनसांख्यिक समस्यालाई हल गर्ने प्रयासमा मध्यनजर गर्दै सरकारले यस्तो निर्णय गरेको हो ।

 

चीन सरकारले अनुसन्धान प्रतिवेदनका आधारमा अनुदान दिने निर्णय गरेको हो । वास्तवमा फुडान विश्वविद्यालय र हङकङ विश्वविद्यालयका अनुसन्धानकर्ताहरूले जुन २०२५ मा एक अनुसन्धान प्रतिवेदन तयार पारेका थिए। यसले बुबाहरूलाई अनुदान दिनुले जन्मदर बढाउन सक्ने सुझाव दिएको थियो ।

 

चीनका १४ प्रान्तले विभिन्न तरिकाले जन्मदर बढाउने निर्णय गरिरहेका छन् । सबैभन्दा बढी जनसङ्ख्या भएको सहर सिचुआन प्रान्तमा बच्चा जन्माउँदा २५ दिन बिदा दिने व्यवस्था गरिसकिएको छ । यो बिदा बुबालाई दिइनेछ र यो भुक्तान बिदा अन्तर्गत उपलब्ध हुनेछ। यसको मतलब एक पैसा पनि कटौती हुनेछैन ।

 

त्यसैगरी शाङदोङमा १८ दिन र साङ्सी र गान्सु प्रान्तमा ३० दिन बिदा दिने व्यवस्था गरिएको छ । यसअघि ३ दिन मात्रै बिदा दिने व्यवस्था थियो । प्रादेशिक तहमा यो प्रयोग सफल भए पूरै केन्द्रीय तहमा लागू गर्न सकिने बताइएको छ किनभने केन्द्रीय तहमा बाबुलाई अहिलेसम्म ३ दिन बिदा दिने व्यवस्था रहेको छ ।


 

प्रतिकृया दिनुहोस