• बिहीबार-श्रावण-१५-२०८२

सलमान खान मात्रै होइन, अन्य ७ बलिउडकर्मी पनि अझै छन् सिंगल

 

मुम्बई, १४ साउन । बलिउड अभिनेता सलमान खानले यसै वर्षको अन्त्यमा आफ्नो उमेर ६० वर्ष पूरा गर्दैछन् । सलमानले अहिलेसम्म बिहे गरेका छैनन् । अभिनेता अझै पनि एक्लै जीवन बिताइरहेका छन् । 

 

तर, आज हामी तपाईलाई बताउन चाहन्छौं कि सलमान खान बाहेक अन्य धेरै चर्चित स्टारहरू छन् ,जसले अझै बिहे गरेका छैनन् । आज हामी तपाईलाई त्यस्ता ६ चर्चित अभिनेताको बारेमा बताउन गइरहेका छौँ, जसमध्ये एकको उमेर ५० वर्षको छ भने कोही ५३ वर्षको छन् ।

 

तब्बु :

चर्चित अभिनेत्री तब्बु ५३ वर्षकी भइन् । तब्बुको अजय देवगन, सञ्जय कपुर र नागार्जुनजस्ता कलाकारसँग अफेयर थियो। उनले चर्चित निर्माता साजिद नाडियाडवालासँग इन्गेजमेन्टसमेत गरेकी थिइन् तर, यो सम्बन्ध टुट्यो । तब्बु अहिले पनि एक्लै जीवन बिताइरहेकी छिन् ।

 

अक्षया खन्ना :

दिवंगत अभिनेता विनोद खन्नाका छोरा अक्षय खन्ना हालै फिल्म ‘छावा’ मा औरंगजेबको भूमिकाका लागि चर्चामा थिए । उनले धेरै हिट फिल्म दिएका छन् । ५० वर्ष पुगेका अक्षय खन्नाले अहिलेसम्म विवाह गरेका छैनन् ।

 

एकता र तुषार कपुर :

दिग्गज अभिनेता जितेन्द्रका छोराछोरी एकता कपूर र छोरा तुषार कपूर दुवै अविवाहित छन् । तुषार ४८ वर्षका छन् भने टेलिभिजन क्विन एकता ५० वर्षकी छिन् । दुवैले बिहे गरेर बस्न सकेनन् । तर, दुवै सरोगेसी मार्फत अभिभावक भने बनेका छन् ।

 

सुस्मिता सेन :

बलिउडकी चर्चित अभिनेत्री सुस्मिता सेनसँग धेरै अफेयर छन् । अभिनेता बाहेक उनले व्यापारी र निर्देशकलाई पनि डेट गरिसकेकी छिन् । तर, अभिनेत्री ४९ वर्षको उमेरमा अविवाहित भए पनि उनी दुई छोरी रिनी र अलिशाकी आमा हुन् । दुवैलाई सुस्मिताले ग्रहण गरेका थिए ।

 

अमिषा पटेल :

‘कहो ना प्यार है’, ‘गदर’ र ‘गदर २’ जस्ता अल टाइम ब्लकबस्टर फिल्मकी अभिनेत्री अमिषा पटेलले पनि विवाह गरेकी छैनन् । उनी पनि अन्य सेलिब्रेटीजस्तै सिंगल छिन् । गत महिना मात्रै अभिनेत्रीले आफ्नो ५०औं जन्मदिन मनाइन् ।


 

 

प्रतिकृया दिनुहोस