• शनिबार-श्रावण-१७-२०८२

सूर्यविनायकमा ५० हजार दर्शक अटाउने रंगशाला निर्माण गर्ने प्रधानमन्त्रीको घोषणा


काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले भक्तपुरको सूर्यविनायकमा ५० हजार दर्शक अटाउने रगंशाला निर्माण गर्ने घोषणा गरेका छन् । 


बिहीबार अखिल नेपाल फुटबल संघ (एन्फा) द्वारा दशरथ रंगशालामा आयोजित कार्यक्रममा प्रधानमन्त्री ओलीले अब छिट्टै नै भक्तपुरको सूर्यविनायक नगरपालिकामा ५० हजार दर्शक अटाउने रगंशाला निर्माण गर्ने घोषणा गरे । 


त्यस्तै उनले कीर्तिपुरको क्रिकेट रंगशालाको अधिकतम संरक्षण र सदुपयोग गरेर क्रिकेटलाई अघि बढाइने पनि बताए । 


उनले भने, कीर्तिपुरको क्रिकेट रंगशालाको अधिकतम संरक्षण र सदुपयोगमार्फत क्रिकेटलाई अघि बढाइने छ । नेपाललाई सम्पूर्ण खेलमा स्वर्ण पदकको विजेता बनाउने हिसाबले हाम िअगाडि बढ्नुपर्छ । अब छिट्टै नै भक्तपुरको सूर्यविनायक नगरपालिकामा ५० हजार दर्शक अटाउने रगंशाला निर्माण गर्न लागेका छौँ। हाम्रो स–साना बालबालिकाहरू हुर्कंदासम्म ५० हजार दर्शकले हेर्ने रंगशाला तयार भएको हुनेछ।’


उनले धनुषाको रंगशाला र झापामा अन्तर्राष्ट्रिय स्तरको रंगशाला निर्माण गरिरहेकाले अब खेल सिक्नका लागि रंगशालाको कमी नहुने बताए।


 

प्रतिकृया दिनुहोस