काठमाडौं, १६ साउन । एनआईसी एशिया बैंक र बुढानीलकण्ठ हेरिटेज लिमिटेडबीच लेमोन ट्री प्रिमियर होटल, बुढानीलकण्ठमा सेवा लिने क्रममा बैंकका ग्राहकहरूलाई विशेष छुट प्रदान गर्ने सम्झौता सम्पन्न भएको छ ।
उक्त सम्झौताअनुसार अब बैंकका ग्राहकहरूले लेमोन ट्री प्रिमियर होटलमा सेवा लिँदा डिजिटल माध्यमबाट भुक्तानी गरेमा २० प्रतिशतसम्म छुट पाउनेछन् । छुट अन्तर्गत आवास सेवा, खाना तथा पेय पदार्थमा १५ प्रतिशत र स्पा सेवामा २० प्रतिशतको छुट उपलब्ध गराइनेछ ।
सम्झौतापत्रमा एनआईसी एशिया बैंकका तर्फबाट डिजिटल पेमेन्ट इकोसिस्टम प्रमुख श्री बिमल लम्साल र बुढानीलकण्ठ हेरिटेज लिमिटेडका तर्फबाट जनरल म्यानेजर श्री मनोज कुमार थापाले हस्ताक्षर गर्नुभएको छ ।
ग्राहकहरूले उक्त छुटको लाभ लिन बैंकको डेबिट कार्ड, क्रेडिट कार्ड, प्रिपेड कार्ड वा मोबैंक (MoBank) एप प्रयोग गरी डिजिटल भुक्तानी गर्नुपर्नेछ ।
बैंकले यो सहकार्यले ग्राहकहरूलाई थप सुविधासम्पन्न सेवा प्रदान गर्नुका साथै देशमा डिजिटल भुक्तानी प्रणालीको प्रवर्द्धनमा टेवा पुग्ने विश्वास व्यक्त गरेको छ ।
प्रतिकृया दिनुहोस