• शनिबार-श्रावण-१७-२०८२

मोर्गन इन्टरनेशनल विद्यालयमा काठमाडौं महानगरको छापा, ३ दिनभित्र २२ कागजात बुझाउन निर्देशन

 

काठमाडौं । साउन १६ काठमाडौं महानगरपालिकाले बसुन्धरास्थित मोर्गन इन्टरनेशनल विद्यालयमामा विभिन्न अनियमितता भेटिएको भन्दै ३ दिनभित्र आवश्यक २२ प्रकारका कागजात पेश गर्न निर्देशन दिएको छ। बिहीबार गरिएको यो संयुक्त अनुगमनमा महानगरपालिकाका विभिन्न विभागको उपस्थिति थियो ।

 

शिक्षा विभागमा पुगेका गुनासोहरूका आधारमा गरिएको अनुगमनमा विद्यालयको सञ्चालनमा गम्भीर त्रुटिहरू भेटिएको शहरी योजना आयोगका सदस्य शैलेन्द्र झाले जानकारी दिनुभयो। उहाँका अनुसार प्रारम्भमा छात्रवृत्ति, शुल्क र कानुनी मापदण्डको परीक्षण गर्ने उद्देश्य थियो, तर विद्यालयभित्र अन्य धेरै समस्या पनि उजागर भए ।

 

“इन्टरनेशनल स्कुल भनेर चिनिने भए पनि न त पाठ्यक्रम, न शिक्षक, न पूर्वाधार नै त्यो स्तरको भेटियो,” उहाँले भन्नुभयो, “महानगरले यसअघि मौखिक रूपमा स्पष्टीकरण मागिसकेको थियो, तर समस्या समाधान नभएकाले औपचारिक टोली पठाइएको हो ।”

 

अनुगमन टोलीमा शहरी योजना आयोग, राजस्व विभाग, कृषि तथा पशुपन्छी शाखा, सार्वजनिक निर्माण, शहरी व्यवस्थापन तथा शिक्षा विभागका प्रतिनिधिहरू सहभागी थिए। टोलीले विद्यालयको भौतिक संरचना, सञ्चालन अनुमति, र नियामक मापदण्डमा आधारित नीतिहरूको अवस्थाबारे विस्तृत परीक्षण गरेको थियो ।

 

विद्यालयले ३ दिनभित्र माग गरिएको सबै विवरण नबुझाए कानुनी कारबाही अघि बढाइने महानगरपालिकाको चेतावनी छ ।

प्रतिकृया दिनुहोस