वासिंगटन डिसी, १६ साउन । अमेरिकाले इजरायललाई ठूलो मात्रामा हतियार बिक्री गर्न अनुमति दिएको छ ।
अमेरिकी सिनेटले ६७५ मिलियन डलर बराबरको हतियार खरिद गर्ने सम्झौतालाई हरियो संकेत दिएको हो । यो सम्झौता अन्तर्गत इजरायलले ५ हजार बम र हजारौं असल्ट राइफल पाउने छ ।
यो खरिद इरानलाई नियन्त्रण गर्ने इजरायलको रणनीतिको हिस्सा हो भन्ने विश्वास गरिन्छ। तर, यो सम्झौताको विरोध पनि भएको थियो । अमेरिकी सिनेटमा डेमोक्र्याटिक सांसदहरूको ठूलो संख्याले हतियार बिक्रीमा प्रतिबन्ध लगाउने प्रयास गरेका थिए तर अन्ततः ती सबै असफल भएका छन् ।
यो सम्झौतालाई इरानसँगको तनावसँग प्रत्यक्ष रूपमा जोडिएको छ। इजरायलले अगस्टसम्ममा परमाणु सम्झौताका लागि इरान तयार नभएमा एकतर्फी कारबाही गर्ने बताइसकेको छ ।
इरानले युरेनियम प्रवर्धनको गति घटाउन अस्वीकार गरे पछि पश्चिमा राष्ट्रहरूको चिन्ता थपिएको छ । यस्तो अवस्थामा इजरायलले हतियारको यो ठूलो खेप प्राप्त गर्नुको अर्थ स्पष्ट छ– इरानलाई चेतावनी दिनु ।
सिनेटमा दुईवटा प्रस्ताव लगिएको थियो, जसको उद्देश्य यो सम्झौता रोक्नु थियो। एउटा प्रस्तावको विपक्षमा ७०–२७ र अर्कोमा ७२–२४ मत परेको थियो । चाखलाग्दो कुरा के छ भने २७ डेमोक्र्याट सांसदहरूले हतियार बिक्रीको विपक्षमा मतदान गरेका थिए ।
इजरायली सरकारको नीतिको आलोचना गर्दै आएका सिनेटर बर्नी स्यान्डर्सले यो मतदान नगराउन दबाब दिएका थिए । यसअघि जनवरीमा १० जना डेमोक्र्याट सांसदले मात्रै यस्तो विरोध गरेका थिए तर यसपटक यो संख्या निकै बढी थियो ।
गाजामा जारी लडाइँ, भोकमरी र मानवीय संकटले धेरै डेमोक्र्याट सांसदहरूलाई सोच्न बाध्य बनाएको छ । सिनेट विदेश सम्बन्ध समितिमा शीर्ष डेमोक्र्याट सिनेटर जीएन शाहिनले पनि सम्झौताको विपक्षमा मतदान गरेका छ । उनले आफ्नो समर्थन प्रकट गर्ने बित्तिकै धेरै उदारवादी लोकतान्त्रिकहरू पनि सामेल भएका थिए। यद्यपि, डेमोक्र्याट नेता चक शुमर र सिनेटर कोरी बुकर जस्ता नेताहरूले सम्झौताको पक्षमा मतदान गरे।
रिपब्लिकन पार्टीले यो हतियार बिक्रीलाई पूर्ण समर्थन गरेको छ ।
प्रतिकृया दिनुहोस