काठमाडौं । नेपाल विद्यार्थी संघ(नेविसंघ) दार्चुला–काठमाडौं सम्पर्क समितिको चौथो अधिवेशन सम्पन्न भएको छ ।
शनिबार राजधानीस्थित नेपाल ल क्याम्पस, प्रदर्शनी मार्गमा आयोजित अधिवेशनले नयाँ नेतृत्व सर्वसम्मत रूपमा चयन गरेको हो ।
अधिवेशनमार्फत ३० सदस्यीय नयाँ कार्यसमिति गठन गरिएको छ । समितिको अध्यक्षमा अविरल महता निर्वाचित भएका छन् । त्यसैगरी, वरिष्ठ उपाध्यक्षमा विष्णु सिंह बोहरा चयन भएका छन् भने उपाध्यक्षमा गायत्री बम, राजेन्द्र महरा, जगदीश जोशी, माधव जोशी र कपुर विष्ट निर्वाचित भएका छन् ।
सचिवमा सन्तोष खडायत र सुरज बिष्ट सर्वसम्मत चयन भएका छन् । कोषाध्यक्षमा उर्मिला धामी (अनुस्का) निर्वाचित भएकी छिन् । सह–सचिव पदमा दार्चुला जिल्लाका नौ वटै पालिकाबाट प्रतिनिधित्व हुनेगरी व्यक्ति चयन भएका छन् ।
जसमा जमन डडाल नौगाड गाउँपालिकाबाट, पर्वत भटट् दुहु गाउँपालिका, लबदेव विष्ट शैल्यशिखर नगरपालिका, सुवास खाती ब्यास गाउँपालिका, पुष्कर सिंह धामी लेकम गाउँपालिका, आकांक्षा धामी मालिकार्जुन गाउँपालिका, राजुसिंह धामी शैल्यशिखर नगरपालिका, महिमा जोशि महाकाली नगरपालिका, दिपक सिंह महता मार्मा गाउँपालिका, हरिश कार्की अपि हिमाल गाउँपालिका बाट सह–सचिव बनेका छन् । यसैगरी सदस्य पदमा १० जना सर्बसम्मत चयन भएका छन् ।
प्रतिकृया दिनुहोस