काठमाडाैं, साउन १८ — तनहुँको आँबुखैरेनी गाउँपालिका–४ स्थित ऐना पहरा नजिकै आज दिउँसो ४ बजेकाे समयमा बस दु र्घ ट ना भएको छ। गोरखाबाट नारायणगढका लागि छुटेको यात्रु बाहक बस अचानक अनियन्त्रित भई सडकबाट तल खस्दा दुर्घटना भएको हो।
दुर्घटनामा दर्जनभन्दा बढी यात्रुहरू घाइते भएको प्रारम्भिक जानकारी प्रहरीले पुष्टि गरेको छ। घाइतेमध्ये केहीको अवस्था गम्भीर रहेको जनाइएको छ। उनीहरूलाई तत्काल उद्धार गरी दमौली अस्पताल तथा पोखरा स्थित स्वास्थ्य संस्थाहरूमा लगिएको छ। घाइतेहरुको यतिबेला उद्धार कार्य भईरहेको छ । गोरखाबाट नारायणगढका लागि छुटेको ग २ ख १०७७ नम्बरको बस दुर्घटनामा परेको र थप जानकारी आउन बाँकी रहेको तनहुँ प्रहरीले जानकारी दिएको छ ।
दुर्घटनापछि तत्काल स्थानीय बासिन्दा र नेपाल प्रहरीको टोली घटनास्थलमा पुगेको थियो। ट्राफिक प्रहरी र सशस्त्र प्रहरी बलको सहयोगमा घाइतेहरूको उद्धार कार्य भइरहेको छ।
बसे सडकबाट करिब ५० मिटर तल खसेको बताइएको छ। केही यात्रुहरू बसभित्र च्यापिएपछि उद्दार कार्यमा कठिनाइ भएको छ।
🔍 दुर्घटनाको कारण खुल्न बाँकी
बस अनियन्त्रित भएर खसेको प्रारम्भिक भनाइ भए पनि दुर्घटनाको वास्तविक कारणबारे अनुसन्धान भइरहेको जिल्ला ट्राफिक कार्यालय, तनहुँले जनाएको छ। चालकको लापरवाही, सवारीको अवस्था वा सडकको संरचनात्मक कमजोरीमध्ये कुनै कारण हुनसक्ने प्रारम्भिक अनुमान गरिएको छ।
🗣 प्रहरीको भनाइ
तनहुँ प्रहरीका अनुसार, "दुर्घटना भएसँगै उद्दार सुरु गरेका छौं। हालसम्म मृत्यु नभएको पुष्टि भएको छ। केही गम्भीर घाइतेलाई पोखरा र दमौलीतर्फ रेफर गरिएको छ।"
📢 सवारी साधन सावधानीपूर्वक चलाउन आग्रह
मनसुनको मौसममा पहाडी सडकहरू चिप्लो हुने भएकाले प्रहरीले यात्रु र सवारी चालकहरूलाई अतिरिक्त सतर्कता अपनाउन आग्रह गरेको छ।
थप विवरण आउन बाँकी छ। साँघु न्यूज डटकम घटनाको विस्तृत अपडेटसहित जानकारी प्रस्तुत गर्दै जानेछ।
प्रतिकृया दिनुहोस