• शुक्रबार-श्रावण-२३-२०८२

गोहीको आक्रमणबाट बेपत्ता युवा अझै फेला परेनन् 

 

बर्दिया । बर्दियाको ठाकुरबाबा नगरपालिका वडा नं ९ हात्तीसार मा गोहीको आक्रमणमा परेर बेपत्ता भएका युवा चार दिन वित्दा समेत फेला परेका छैनन् ।

 

खौराहा खोलामा पौडी खेल्ने क्रममा गोहीले आक्रमण गर्दा गत मंगलबार मधुवन नगरपालिका वडा नं १ कैलासीका १९ वर्षीय रुपमिलन थारू बेपत्ता भएका थिए । 

 

मंगलबार साँझ तीन जना साथीहरू पौडी खेल्ने क्रममा गोहीले आक्रमण गर्दा मधुवन नगरपालिका वडा नं १ कैलासीका १९ वर्षिय रुपमिलन थारू बेपत्ता भएका हुन् । 

 

मंगलबार साँझदेखि हात्ती, मोटरबोट सहितको निकुञ्ज, नेपाली सेना र प्रहरी सहितको टोलीले खोजी गरेपनि हालसम्म उनी फेला परेका छैनन् ।

 

बेपत्ता भएदेखि लगातार खोजविन गरेपनि बेपत्ता भएका थारूलाई फेला पार्न नसकिएको बर्दिया राष्ट्रिय निकुञ्जका सूचना अधिकारी सरोजमणी पौडेलले जानकारी दिए । 
 

 

 

प्रतिकृया दिनुहोस