• शनिबार-श्रावण-२४-२०८२

घरायसी विवादका क्रममा भाइले गरे आफ्नै दाजुको ह त्या

 

राजविराज (सप्तरी), २३ साउन । सप्तरीको राजविराज नगरपालिका–२ स्थित पडरियामा आज घरायसी विवादका क्रममा भाइले दाइलाई बञ्चरो प्रहार गरी हत्या गरेका छन् । 

 

स्थानीय नरेन्द्र झाले घरायसी विवाद हुँदा दाइ लोकेन्द्र झाको टाउकोमा बञ्चरो प्रहार गर्दा उहाँको मृत्यु भएको प्रहरी नायब उपरीक्षक जीतेन्द्रकुमार बस्नेतले बताउनुभयो ।

 

चालीस वर्षीय लोकेन्द्रको विराटनगरस्थित नोबेल अस्पतालमा उपचारको क्रममा मृत्यु भएको प्रहरी नायब उपरीक्षक बस्नेतको भनाइ छ । घटनाबारे अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । 
---
 

 

प्रतिकृया दिनुहोस