• सोमबार-श्रावण-२६-२०८२

जाजरकोटमा एम्बुलेन्स दु र्घटना हुँदा चालकको मृ त्यु

 

काँक्रेविहार (सुर्खेत), २६ साउन : जाजरकोटको भेरी नगरपालिका–१ कोलचौर नजिकै कल्ले खोलामा आज बिहान भे१च २२४७ नंको एम्बुलेन्स दुर्घटना हुँदा चालकको मृत्यु भएको छ ।

 

चालक भेरी नगरपालिका–१ डौंरीकाँडाका २७ वर्षीय सुनील चनाराको घटनास्थलमा नै मृत्यु भएको हो । अस्थायी प्रहरी पोष्ट होलुखोलाका प्रहरी नायब निरीक्षक वीरबहादुर थापाले जानकारी दिनुभयो । 

 

भेरी नगरपालिका–१  डौँरीकाँडा बिरामी लिन जाँदै गर्दा एम्बुलेन्स दुर्घटना भएको हो । उकालो जाने क्रममा भित्तामा ठोक्किएर एम्बुलेन्स करिब २०० मिटर तल खसेर दुर्घटना भएको प्रहरीले जानकारी दिएको छ । –––

 

प्रतिकृया दिनुहोस