• बुधबार-श्रावण-२८-२०८२

अनिल झाले पाए नेपाल सदभावना पार्टी र पञ्जा छाप

 

काठमाडौं, २७ साउन । निर्वाचन आयोगले अनिलकुमार झालाई नेपाल सदभवना पार्टी र पञ्जा छाप दिने निर्णय गरेको छ ।

 

आज बसेको आयोगको बैठकले झालाई पार्टी र चुनाव चिन्ह दिने निर्णय गरेको हो । `निर्वाचन आयोगले मेरो पक्षमा निर्णय गर्दै नेपाल सदभावना पार्टी र पञ्जा छाप दिने निर्णय गरेको छ, पत्र भोलिसम्म पाउँछु होला,`झाले भने ।

 

सो पार्टी रामकुमार महतोको नाममा दर्ता रहेको र सो पार्टीको नेतृत्व हस्तान्तरण गर्न आग्रह गरे पनि उनले झालाई दिएका थिएनन् । जसका कारण महतो र झा बिच सो पार्टी र पार्टी चिन्हका बारेमा कानुनी लडाइ चलिरहेको थियो । तर, अन्तत: झाले बाजी मारेका हुन् ।

 

`६० प्रतिशत भन्दा बढी केन्द्रीय नेताले मेरो पक्षमा हस्ताक्षर गरे पछि पार्टी र चिन्ह मैले पाएको हुँ,´ झाले भने । आयोगले झाको पक्षमा निर्णय गरे पछि महतो भने अदालत जाने भएका छन् । `अब म अदालत जान्छु, यो जालझेलपूर्ण निर्णयको बिरोधमा उभिन्छु ।`

 

उनले लोकतान्त्रिक समाजवादी पार्टीवाट गत चैत ४ गतेको ब्याक डेट साउन पहिलो साता अध्यक्ष महन्थ ठाकुरसमक्ष राजिनामा दिएका थिए । जो स्वीकृत भईसकेको छ ।

 

गजेन्द्रनारायण सिंहको लिगेसी रहेको नेपाल सदभावना पार्टी र चुनाव चिन्ह पाए पछि झाले निकट भविश्यमा पत्रकारसम्मेलन गरेर पार्टीको धारणा सार्बजनिक गर्नेछन् ।

 

प्रतिकृया दिनुहोस