• शुक्रबार-श्रावण-३०-२०८२

आज ट्रम्प-पुटिन बिच अलास्कामा वार्ता : यस्तो छ सुरक्षा व्यवस्था, विमान उडाउन प्रतिबन्ध

 

अलास्का, ३० साउन । यतिखेर सारा विश्वको नजर अलास्का, अमेरिकामा टिकेको छ । नेटोको प्रमुख सहयोग पाईरहेको युक्रेनको भविष्य २४ घण्टापछि यहाँ तय हुँदैछ। 

 

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र भ्लादिमिर पुटिनबीच अलास्का, उत्तर अमेरिकामा भव्य बैठक हुँदैछ । यो बैठक अघि पनि अलास्का विश्वका सबैभन्दा ठूला दुई नेताको सुरक्षाका लागि युद्धपोत र पनडुब्बीले घेरिएको छ ।

 

क्यानडा, चीन, अमेरिका र रुसका नौ सेनाले यहाँ घेराबन्दी सुरू गरेका छन् । यति मात्र होइन, अलास्काले स्याटेलाइटमार्फत पनि यसको नजिकबाट निगरानी गरिरहेको छ । चारै देशका पनडुब्बीहरूले समुन्द्रमा हुने हरेक गतिविधिमाथि नजर राखिरहेका छन् । युद्धपोत र गस्ती गर्ने जहाजहरूको ठूलो संख्यामा हरेक घण्टा, हरेक मिनेट समुद्रको निगरानी गरिरहेको छ । 


आकाशमा गस्ती गर्ने विमानहरूले जमिन र समुद्रमा निरन्तर निगरानी राखिरहेका छन् । अलास्कामा हुन लागेको यस दशककै सबैभन्दा ठूलो बैठकका लागि यी चर्को सुरक्षा तयारी गरिएको छ ।

 

अगस्ट १५ मा अमेरिका र रुसका राष्ट्रपतिहरू अलास्का पुग्दैछन, जहाँ रूससँग युद्द लडिरहेको युक्रेनको भविष्य तय हुनेछ । सो भेट अघि ट्रम्पले युक्रेनले आफ्नो भूमि छाडेर भए पनि रूससँग शान्ति सम्झौताका लागि तयार हुनु पर्ने अभिब्यक्ति दिएका छन्, जसलाई जेलेन्स्कीले अस्वीकार गरेका छन् । यो खतरनाक अभिब्यक्ति पछि जेलेन्स्की युरोपलाई आफ्नो पक्षमा उभ्याउन बुधबार जर्मन पुगेका थिए, उनले जर्मन चान्सलरवाट समर्थन पाईसकेका छन् ।
 

शुक्रबार बिहान राष्ट्रपति ट्रम्पले वासिंगटन डिसीबाट यात्रा सुरू गर्नेछन, यो क्रममा एन्कोरेज हुँदै अलास्का पुग्नेछन । जहाँ उनले रूसी राष्ट्रपति भ्लादिमिर पुटिनसँग द्विपक्षीय बैठक गर्नेछन् । वार्ताको बातावरण बनाउन तथा अन्य सुरक्षासहितको तयारीको जिम्मेवारी रुसी विदेशमन्त्री सर्गेई लाभरोभ र मार्को रुबियोलाई दिइएको छ ।

 

समाचार अनुसार एंकरेजमा अगस्त १५ का लागि नोटिस जारी गरिएको छ कि यस दिन कुनै पनि विमानलाई यहाँबाट जान दिइने छैन् । उता, पुटिनको हवाई मार्गलाई निकै सुरक्षित बनाइएको छ । रुसी राष्ट्रपतिको विमान राजधानी मस्कोबाट उड्नेछ र बेरिङ स्ट्रेट हुँदै अमेरिकाको अलास्का प्रवेश गर्नेछ, जहाँबाट एंकोरेज पुग्ने छ।

 

एन्कोरेज पुग्न पुटिनले करिब ७३०० किलोमिटर हवाई यात्रा गर्नेछन् तर प्रश्न यो छ कि पुटिनको अलास्का भ्रमणका लागि यो रुट किन रोजियो ? वास्तवमा रुसको पूर्वी छेउ अमेरिकाको अलास्काबाट मात्र ८१ किलोमिटर टाढा छ। यी दुई बीचमा बेरिङ स्ट्रेट छ, जहाँ रूसी र अमेरिकी नौ सेनाहरूको जमघट हुने गर्दछ । यस मार्गबाट पुटिनले अन्तर्राष्ट्रिय समुद्री सीमामा जान आवश्यक पर्दैन। उनीहरु रुसी हवाई क्षेत्रबाट सिधै अमेरिकी आकाशमा प्रवेश गर्नेछन्, जसका कारण उनीहरुको सुरक्षामा कुनै खतरा हुने छैन् ।
 

 

प्रतिकृया दिनुहोस