• शुक्रबार-भदौ-१३-२०८२

खोला तर्ने क्रममा बाढीले बगाउँदा नौ बर्षीया बालिकाको मृ त्यु

 

भक्तपुर, १२ भदौ : सूर्यविनायक नगरपालिका–८ आशापुरी र काभ्रेपलाञ्चोकको नैचालको सिमानामा रहेको शाखापुरी बल्बी खोलामा आएको बाढीले बगाउँदा बालिकाको मृत्यु भएको छ ।

 

भैँसी चराउन गएको बेला खोलाको बाढीले बगाउँदा नैचालकी नौ वर्षीया रसमु तामाङको मृत्यु भएको हो । तामाङको शव पनौतीस्थित रोशी भूमिडाँडामा फेला परेको सूयविनायक नगरपालिकाका–८ का वडाध्यक्ष पुष्पराज बस्नेतले जानकारी दिनुभयो । 

 

भैँसी चराउन उनी दिदी सङ्गीताका साथमा गएकी थिइन् । रसमुलाई खोला तर्ने क्रममा बाढीले बगाएको वडाध्यक्ष बस्नेतले बताउनुभयो । सूर्यविनायकस्थित रणशेर ब्यारेकको नेपाली सेनाको उद्धार टोली तथा प्रहरी बृत्त जगातीको प्रहरी टोलीले खोजी गर्दा उनको शव रोशी भूमिडाँडामा फेला परेको हो ।
 –––

 

प्रतिकृया दिनुहोस