• शुक्रबार-भदौ-२०-२०८२

एभरेस्ट महिला भलिबल लिग आजदेखि, पोखरा र कर्णाली भिड्दै


काठमाडौं । वात्सल्या एभरेष्ट महिला भलिबल लिग (इडब्लुभी)को दोस्रो संस्करण आजदेखि पोखरामा सुरु हुँदैछ ।


इन्फिनिटी ड्रिम्सको आयोजनामा गत वर्षदेखि सुरु भएको लिग पहिलो पटक काठमाडौं बाहिर पोखरामा हुन लागेको हो ।

 

पहिलो संस्करणको विजेता कर्णाली यशविस र पोखरा निन्जाज उद्घाटन खेलमा भिड्नेछन् । उद्घाटन खेल दिउँसो २ बजे पोखरा रंगशालास्थित बहुउद्देश्यीय कभर्डहलमा सुरु हुनेछ । आजै ललितपुर क्विन्स र मधेश युनाइटेडबीच दोस्रो खेल अपरान्ह ४ बजे सुरु हुनेछ ।

 

कर्णाली र पोखरा दुवै टिम उद्घाटन खेलका लागि तयार छन् । दुवै टिममा घरेलु भलिबलको सफल टोली न्यु डायमण्ड युथ स्पोट्र्स क्लबमा खेलिरहेका सुमित्रा र प्रगति मार्की छन् । 
साविक विजेता कर्णाली पहिलो खेलदेखि नै राम्रो प्रदर्शन गर्दै उपाधि जोगाउने अभियानमा छ ।
 

 

प्रतिकृया दिनुहोस