काठमाडौं । भौतिक पूर्वाधार तथा यातायात मन्त्री देवेन्द्र दाहाल फिलिपिन्सको राजधानी मनिला प्रस्थान गरेका छन् । सडक सुरक्षासम्बन्धी एशिया प्यासिफिक सम्मेलनमा सहभागीताका लागि आइतबार राति उनी त्यस तर्फ प्रस्थान गरेका हुन् ।
एशियाली विकास बैंकको प्रधान कार्यालय मेट्रो मनिलामा ९ देखि ११ सेप्टेम्बर सम्म हुने सम्मेलनका लागि मन्त्री दाहाल सहितको प्रतिनिधि मण्डल त्यस तर्फ गएको हो । सम्मेलनमा मन्त्री दाहालले नेपालमा सडक सुरक्षाको अवस्था, चुनौती, प्रयास लगायतका बारेमा पहिलो दिनको शत्रमा संबोधन गर्नेछन् ।
सम्मेलनमा नेपालसहित भुटान, फिजी, अर्मेनिया, कम्बोडीया, पाकिस्तान लगायतका देशका मन्त्री, प्रतिनिधि, विकास साझेदार एवम् विज्ञहरुको सहभागिता रहनेछ । मन्त्री दाहाल आगामी भदौ २८ गते स्वदेश फर्कने कार्यक्रम रहेको छ ।
प्रतिकृया दिनुहोस