• बुधबार-भदौ-२५-२०८२

जेन-जी आ न्दोलनकारीको सन्देश : ‘सार्वजनिक सम्पत्ति हाम्रो आफ्नै हो, यसलाई नफुटाऔं’

 

काठमाडौं । सोमबारदेखि आन्दोलनमा उत्रिएका जेनजी पुस्ताका केही प्रदर्शनकारीहरुले सार्वजनिक सम्पत्ति जोगाउन अपिल गर्दै प्रदर्शन गरेका छन् । 

 

मंगलबार अपरान्ह काठमाडौंको राष्ट्रिय अभिलेखालयको कार्यालय अघि प्ले कार्डसहित उभिएका उनीहरुले सार्वजनिक सम्पत्ति जोगाउन अपिल गरेका हुन् ।

 

‘इतिहास जोगाऔं’, ‘सार्वजनिक सम्पत्ति हाम्रो आफ्नै हो, यसलाई नफुटाऔं’लगायतका सन्देश लेखिएका प्लेकार्डसहित प्रदर्शन गरेका हुन् ।
 

 

प्रतिकृया दिनुहोस