• शुक्रबार-भदौ-२७-२०८२

आज सुन र चाँदी दुवैको मूल्य बढ्यो 


काठमाडौं । आज नेपाली बजारमा सुन र चाँदी दुवैको मूल्य बढेको छ । 


शुक्रबार सुन प्रतितोला एक हजार छ सय रूपैयाँले बढेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । 

 

महासंघका अनुसार आज सुन प्रतितोला २ लाख १५ हजार ८ सय रूपैयाँमा कारोबार भइरहेको छ भने अघिल्लो दिन (बिहीबार) सुन प्रतितोला २ लाख १४ हजार दुई सय रुपैयाँमा कारोबार भएको थियो । 

 

त्यस्तै, शुक्रबार चाँदी प्रतितोला ६० रूपैयाँले बढेको छ । बिहीबार प्रतितोला २५ सय पाँच रूपैयाँमा कारोबार भएको चाँदी आज तोलाको दुई हजार पाँच सय ६५ रूपैयाँमा कारोबार भएको हो । 

 

 

प्रतिकृया दिनुहोस