बाजुरा । बाजुरामा लगाइएको कफ्र्यु खुकुलो पारिएको छ । प्रमुख जिल्ला अधिकारी गणेश प्रसाद पौडेलका अनुसार यहि भदौ २५ गते लगाइएको कफ्र्यु क्रमश खुकुलो पारिएको बताए ।
देशैभरी जेनजीले गरेको आन्दोलन आक्रामक बनेकाले बाजुरामा पनि जेनजीको आन्दोलनले घटना निम्ति सक्ने हुँदा सम्पूर्ण नागरिकलाई घरभित्रै सुरक्षित बस्न आग्रह गर्नेगरि कफ्र्यु आदेश जारी गरिएको थियो ।
आन्दोलनको घटनापश्चात् उत्पन्न असहज परिस्थितिलाई गरि २५ गते विहान ११ बजेदेखि लगाईएको कफ्र्यु खुकुलो पारि जनजिवन सहज बनाइएको हो ।
आज बिहान ११ः०० बजेदेखि कफ्र्यु खुकुलो बनाई निषेधाज्ञा भने जारी रहेको प्रजिअ पौडेलले जानकारी दिए ।
निषेधाज्ञा कार्यान्वयन गर्दै विस्तारै जनजीवन सहज बनाउँदै लगिने प्रशासन बाजुराले जनाएको छ। अत्यावश्यक काम बाहेक बाहिर हिड्डुल नगर्न भनिएको छ । निशेधाज्ञाका क्रममाः अत्यावश्यक सेवा एम्बुलेन्स, सववाहन, स्वास्थ्यकर्मी, सुरक्षाकर्मीका सवारीसाधन ,खाद्यान्न,औंषधी ओसारपसार गर्ने साधन सञ्चालन गर्न सकिनेछ ।
अत्यावश्यक काम बाहेक आवतजावत गर्न छुट्टाईएको समयमा सामाग्री किनमेल,एवम् धार्मिक ,संस्कृति परम्परागत अबलम्बनका लागी हिड्डुल गर्नका लागि मात्र भएको उक्त समयमा धर्ना,जुलुस,प्रर्दशन,लगायत गतिविधि,गर्न पुर्ण रुपमा निषेध गरिएको प्रजिअ गणेश प्रशाद पौडेलद्वारा जारी सूचनामा भनिएको छ ।
कफ्र्यु जारी गरिए पश्चात् मार्तडी सहितका बजारमा दैनिक उपभोग्य सामाग्रीको मुल्यमा बृद्धि भएको हो । कफ्र्यु जारी पश्चात् दुई दिनमै सदरमुकाम मार्तडीलगायत अन्य जिल्लाका व्यापारिक केन्द्रमा दैनिक उपभोग्य बस्तुको मुल्यमा बृद्धि भएको पाइएको हो ।
कफ्र्युका कारण सदरमुकाम मार्तडी सहितका बजार क्षेत्रमा दैनिक उपभोग्य सामग्रीको मूल्य ह्वात्तै बढेको स्थानीय गणेशराज तिमिल्सेनाले बताए ।
प्रतिकृया दिनुहोस