• शुक्रबार-भदौ-२७-२०८२

जेनजी आन्दोलनमा सहभागी बाजुराका बुढा मृत फेला 

 

बाजुरा । जेनजी आन्दोलनमा सहभागी बाजुराको स्वामीकार्तिक खापर गाउँपालिका २ सुपानाका २३ बर्षका ओजन बुढा मृत फेला परेका छन् ।

 

४ दिनदेखि सम्पर्कविहीन रहेका उनी शुक्रबार दिउँसो काठमाडौं स्थित बी एण्ड बी अस्पतालमा मृत भेटिएका हुन् । बुढा काठमाडौंस्थित चाबिलमा बस्दै आएका थिए भने उनी कक्षा १२ मा अध्ययन गरिरहेका थिए । 

 

यसअघि उनको फोन अफ थियो भने खोजी कार्य गर्दा पनि सम्पर्कमा आउँन सकेका थिएनन् । यहीँ भदौ २३ गते काठमाडौंमा जेनजी युवाहरुको आन्दोलन उनी सहभागी भएका थिए । आज आफन्तहरुले दिनभर खोजी कार्य गर्दा उनी आज दिउँसो अस्पतालमा मृत भेटिएको पारिवारीक स्रोतले जनाएको छ ।
 

 

 

प्रतिकृया दिनुहोस