• शुक्रबार-भदौ-२७-२०८२

घाइते सैनिकहरूको समर्थनमा राजकुमार ह्यारीको आकस्मिक युक्रेन भ्रमण

लन्डन, २७ भदौ (रासस/एपी) : बेलायती राजकुमार ह्यारी शुक्रबार घाइते सैनिक सदस्यहरूको समर्थनका लागि आकस्मिक रूपमा युक्रेन पुग्नुभएको छ । यो उहाँको चार वर्षभित्रको दोस्रो भ्रमण हो ।

    ह्यारीले स्थापना गरेको ‘इन्भिक्टस खेलकुद प्रतियोगिता’ घाइते, रोगग्रस्त वा सेवामा रहेका सैनिक तथा पूर्वसैनिकका लागि प्यारालिम्पिक शैलीको अन्तर्राष्ट्रिय प्रतियोगिता हो । युक्रेन समेत यस खेल आयोजना गर्न दावेदार मुलुकमध्ये एक हो ।

    उहाँका प्रतिनिधिहरूले आगमनको पुष्टि गर्दै सैनिकहरूको पुनःस्थापना र उपचार प्रक्रियामा उहाँको निरन्तर सहयोग रहने जनाएका छन् । 

    राजधानीतर्फको रात्रि रेलयात्रामा ह्यारीले गार्डियनसँग भन्नुभयो, “हामी युद्ध रोक्न सक्दैनौँ, तर पुनःस्थापनाको यात्रामा सकेसम्म सहयोग गर्न सक्छौँ ।”
 

प्रतिकृया दिनुहोस