काठमाडौंमा जारी कर्फ्यू हटाइयो, केही निषेधित क्षेत्र भने यथावत
काठमाडौं, २८ भदौ । काठमाडौं जिल्लामा जारी गरिएको निषेधाज्ञा (कर्फ्यू) हटाइएको जिल्ला प्रशासन कार्यालय काठमाडौंले जनाएको छ ।
कार्यालयले शुक्रबार जारी गरेको सूचनामा सुरक्षा संवेदनशीलतालाई ध्यानमा राख्दै २०८२ साल भदौ २५ गतेदेखि लगाइएको कर्फ्यू २०८२ भदौ २८ गतेदेखि हटाइएको छ ।
यद्यपि, सूचनामा प्रमुख जिल्ला अधिकारीको आदेशअनुसार तोकिएका निषेधित क्षेत्रसम्बन्धी निर्णय भने यथावत रहने प्रष्ट पारिएको छ ।
जिल्ला प्रशासन कार्यालयका सहायक प्रमुख जिल्ला अधिकारी एवम् प्रवक्ताद्वारा जारी सूचनामा कर्फ्यू हटाइएपनि सुरक्षा संयन्त्र सतर्क रहने उल्लेख गरिएको छ ।

प्रतिकृया दिनुहोस