• बिहीबार-असोज-२-२०८२

नेप्सेमा लगातार नकारात्मक सर्किट, दिनभर कारोबार बन्द

 

काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा लगातार नकारात्मक सर्किट ब्रेक लागेर आज बिहीवार दिनभरको शेयर कारोबार स्थगित भएको छ।

 

जेनजी आन्दोलनपछि सत्ता परिवर्तन पश्चात पहिलोपटक खुलेको बजारमा लगानीकर्ताले ठूलो गिरावट अनुभव गरेका छन्।

 

बजार खुलेको २ मिनेटमै नेप्से ४ प्रतिशतले घटेपछि पहिलो सर्किट ब्रेक लागेर कारोबार २० मिनेटका लागि रोकिएको थियो। पुनः बिहान ११:२२ बजे बजार खुले पनि एक मिनेटमै नेप्से ५ प्रतिशतले घट्दा दोस्रो सर्किट ब्रेक लागेर ४० मिनेटका लागि कारोबार स्थगित भयो।

 

तेस्रो पटक खुल्नेबित्तिकै १२:०६ बजे नेप्से परिसूचक ६ प्रतिशतले झर्दा तेस्रो सर्किट ब्रेक लागेको हो। यससँगै आजको बाँकी कारोबार पूर्ण रूपमा बन्द भएको छ।

 

बजार विश्लेषकहरूका अनुसार राजनीतिक अनिश्चितता, आन्दोलनको असर र लगानीकर्ताको मनोबल कमजोर हुनु मुख्य कारण मानिएको छ।

प्रतिकृया दिनुहोस