• बुधबार-असोज-१५-२०८२

राष्ट्रपति पौडेलद्वारा कन्या पूजा

 

काठमाडौँ, १५ असोज : राष्ट्रपति रामचन्द्र पौडेलले आश्विन शुक्ल नवमीका अवसरमा राष्ट्रपति भवनमा आज नौ जना कन्याको पूजा गर्नुभएको छ ।

 

राष्ट्रपतिको सचिवालयका अनुसार नक्सालस्थित बाल मन्दिरमा आश्रय लिएका कन्याको उहाँले पूजा गर्नुभएको हो । प्रत्येक वर्ष महानवमीका दिन राष्ट्रप्रमुखले नौ जना कन्याको पूजा गर्ने प्रचलन छ । 

 

त्यस अवसरमा प्रथम महिला सविता पौडेलले पनि नवदुर्गाका प्रतीक नौ जना कन्याको पूजार्चना गर्नुभएको थियो । 

 

 

प्रतिकृया दिनुहोस