• सोमबार-असोज-२०-२०८२

नेपाली सेनाको हेलिकप्टरबाट चार गर्भवतीको उद्धार

 

काठमाडौँ, २० असोज : नेपाली सेनाको हेलिकप्टरबाट चार जना गर्भवतीको उद्धार गरिएको छ ।

 

महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयले राष्ट्रिय महिला सशक्तिकरण परियोजनाअन्तर्गत गर्भवती तथा सुत्केरीका लागि सञ्चालन गरेको हवाई उद्धार कार्यक्रमअन्तर्गत आज इलामको माईजोगमाई–५ सिरसिरे, इलामको सन्दकपुर–१ छाँगे, पाँचथरको फिदिम–१२ पुल भञ्ज्याङ र सङ्खुवासभाको भोटखोला–३ हुङगुङबाट चार जना गर्भवतीको नेपाली सेनाको हेलिकप्टरबाट उद्धार गरिएको हो ।

 

हाल उनीहरूलाई झापाको बी एन्ड सी अस्पताल र कोशी प्रादेशिक अस्पताल, विराटनगर पुर्‍याइएको छ ।
---

 

प्रतिकृया दिनुहोस