• सोमबार-असोज-२०-२०८२

नेपाल एयरलाइन्समार्फत भैरहवाबाट एक सय ५७ जनाको उद्दार

 

भैरहवा (रुपन्देही), २० असोज : अविरल वर्षाका कारण भैरहवामा अलपत्र यात्रुहरूको हवाई उद्धार उडान गरिएको छ ।  

 

नेपाल वायुसेवा निगमको ए ३२० विमान ७६ जना यात्रुसहित दिउँसो ३ः४३ बजे भैरहवा अवतरण भएको थियो । भैरहवाबाट भने विमानले ५ः४० बजे एक सय ५७ जना यात्रु बोकेर काठमाडौँ फर्किएको गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलका सूचना अधिकारी विनोदसिंह राउतले जानकारी दिनुभयो ।

 

उद्धार उडानमा अशक्त, वृद्धवृद्धा, बिरामी तथा अत्यावश्यक यात्रुलाई प्राथमिकता दिइएको उहाँले बताउनुभयो । 
---

 

प्रतिकृया दिनुहोस