• मंगलबार-असोज-२१-२०८२

क्रिकेटः नेपालसँग कतार १६ रनले  पराजित


काठमाडौँ, २० असोजः आईसीसी टी–२० विश्वकप एसिया तथा इस्ट एसिया प्यसिफिक छनोटको तयारीमा रहेको नेपालले दोस्रो अभ्यास खेलमा  कतारलाई पराजित गरेको छ ।

 

    ओमानको मस्कटमा रहेको ओमान क्रिकेट एकेडेमी ग्राउण्ड टर्फ–२ मा केही बेरअघि सम्पन्न खेलमा नेपालले कतारलाई १६ रनले पराजित गरेको हो । यसअघि भएको पहिलो अभ्यास खेलमा नेपालले ओमानलाई हराएको थियो ।

 

    नेपालले जितका लागि दिएको १७१ रनको लक्ष्य पछ्याएको कतार निर्धारित २० ओभरमा छ विकेट गुमाउँदै १५४ रनमा समेटियो । कतारका मोहम्मद तनबिरले ३७ बलमा तीन चौका र दुई छक्कासहित सर्वाधिक ५१ रन बनाए ।

 

त्यस्तै  मिर्जा मोहम्मद बेगले २७ बलमा चार छक्कासहित ४० तथा मोहम्मद असिमले ३० रन बनाए ।

 

    नेपालका लागि करणले केसीले तीन विकेट लिए भने दीपेन्द्रसिंह ऐरी, ललित नारायण राजवंशी र नन्दन यादवले समान एक÷एक विकेट लिए ।

 

    त्यसअघि टस जितेर पहिला ब्याटिङ रोजेको नेपालले निर्धारित २० ओभरमा सात विकेट गुमाउँदै १७० रनको योगफल बनाएको थियो । नेपालका कुशल भुर्तेलले ३३ बलमा पाँच चौका र तीन छक्कासहित सर्वाधिक ५६ रनको योगदान दिए । दीपेन्द्रसिंह ऐरीले २१ बलमा एक चौका र तीन छक्कासहित ३८ रन बनाए भने कुशल मल्ल २९ बलमा एक चौका र दुई छक्कासहित ३८ रनमा अविजित रहे । आरिफ शेखले १३, ओपनर आसिफ शेखले ११ तथा  रोहित पौडेलले आठ रन बनाए ।

 

    कतारका लागि शरिक मुनिर र मोहम्मद इक्रामउल्लाले समान दुई/दुई विकेट लिए ।---

प्रतिकृया दिनुहोस