काठमाडौँ, १२ जेठ । प्रगतिशील लेखक सङ्घ, नेपालको केन्द्रीय समितिको दोस्रो बैठक २०७६ जेठ ११ गते सङ्घको काठमाडौँ बागबजारस्थित कार्यालयमा अध्यक्ष प्रा.डा. जीवेन्द्र देव गिरीको अध्यक्षतामा बसेर विभिन्न निर्णय गरेकाे छ ।
बैठकमा महासचिव समीर सिंहद्वारा सङ्गठनात्मक रिपोर्ट प्रस्तुत गरेका थिए । उक्त रिपोर्टमा समेटिएका विषयहरु नदोहोरिने गरी केन्द्रीय सदस्यहरुले सम्बन्धित जिल्ला र प्रदेशको रिपोर्ट प्रस्तुत गरेका थिए ।
बैठकले अध्यक्ष प्रा.डा. जीवेन्द्र देव गिरी, उपाध्यक्ष गोपीरमण उपाध्याय, उपाध्यक्ष सुशीला प्रधानाङ्ग, महासचिव समीर सिंह, उपमहासचिव आर.सी. न्यौपाने, सचिव प्रकाश थापा मगर, सचिव बाबुराम आचार्य, कोषाध्यक्ष प्रा.डा. धु्रव कुमार घिमिरे, सदस्यहरु डा. देवी दुलाल क्षेत्री, लोक बहादुर थापा, केशव थापा, गिरी प्रसाद बुढा, जनक रसिक, शालिकराम तिमिल्सिना र झगिन्द्र ढकाल ‘पारस’ रहेको केन्द्रीय सचिवालय गठन गरेकाे छ ।
बैठकले पदाधिकारीहरुका साथै केन्द्रीय सदस्यहरुको कार्यविभाजन पनि गरेकाे छ । यस क्रममा उपाध्यक्ष गोपीरमण उपाध्यायलाई प्रदेश नं. ५, उपाध्यक्ष सुशीला प्रधानाङ्गलाई गण्डकी प्रदेश, महासचिव समीर सिंहलाई प्रदेश नं. ३, उपमहासचिव आर.सी. न्यौपानेलाई प्रदेश नं. १, सचिव प्रकाश थापा मगरलाई कर्णाली प्रदेश, सचिव बाबुराम आचार्यलाई सुदूर पश्चिम प्रदेश र कोषाध्यक्ष प्रा.डा. धु्रव कुमार घिमिरेलाई प्रदेश नं. २ को इन्चार्जको जिम्मेवारी प्रदान गरियो ।
यसका साथै २ नं. प्रदेशको सहइन्चार्जमा नवराज रिजाल र ३ नं. प्रदेशको सहइन्चार्जमा झगिन्द्र ढकाल ‘पारस’ लाई जिम्मेवारी तोकिएको छ । बैठकले विभिन्न विभागहरुको गठन गरेकाे छ, जसमा निम्न अनुसार जिम्मेवारी प्रदान गरिएको प्रलेस सार्वजिनक गरेकाे छ ।
१. इतिहास लेखन विभाग : प्रमुख प्रा.डा. जीवेन्द्र देव गिरी, सचिव बालाकृष्ण अधिकारी, सदस्यहरु नारायण मरासिनी, राजेश वि.क., विजय राना, पुष्करनाथ रिजाल, ऋद्धिरमण घिमिरे र डा. दीपक गाौतम ।
२. योजना तथा कार्यक्रम विभाग : प्रमुख गोपीरमण उपाध्याय, सचिव शालिकराम तिमिल्सिना, सदस्यहरु शरद अधिकारी, ओम प्रकाश घिमिरे, मणि अर्याल, इन्दु लामा, मीन बहादुर राना, जीवन शाही, तारा प्रसाद शर्मा, तारा बहादुर बुढाथोकी, हेमराज आश्रम, राम वसु र प्रशान्त खरेल ।
३. महिला विभाग : प्रमुख सुशीला प्रधानाङ्ग, सचिव सुमित्रा वाङदेल, सरस्वती दुमी राई, विजया सुवेदी, कल्पना पौडेल ‘जिज्ञासु’, बिनु के.सी., ऋतु के.सी., प्रेमिला राई, कल्पना पौडेल ।
४. अन्तर्राष्ट्रिय सम्बन्ध विभाग : प्रमुख समीर सिंह, सचिव पुरु लम्साल, सदस्यहरु भैरवी भूगोल ढुङ्गाना, यादेवी ढकाल, बाबा बस्नेत, डा. दीपक गौतम, प्रदीप प्रधान, सुवास जी.सी., कमल कार्की, कल्याण ओझा, धु्रव गिरी र लोक लामा ।
५. प्रकाशन विभाग : प्रमुख आर.सी. न्यौपाने, सचिव झगिन्द्र ढकाल ‘पारस’, सदस्यहरु बम बानिया, ऋद्धिरमण घिमिरे, मधु पोखरेल, शालिकराम तिमिल्सिना, कौशिला रिसाल, जगत वाशिष्ठ, शेखर अर्याल, सुभाष खनाल, पदम बराल, बोध कुमार घिमिरे, बिजुला रायमाझी, विजया सुवेदी, नवराज रिजाल र देवी पन्थी ।
६. सूचना प्रचार विभाग : प्रमुख प्रकाश थापा मगर, सचिव नरेश न्यौपाने, सदस्यहरु प्रशान्त खरेल, सुब्बा श्रेष्ठ, सुभाष रिजाल, अर्जुन पौडेल, राम घिसिङ, सुमित्रा वाङ्देल चेली, होम भट्टराई, प्रेमिला राई, गणेश कुमार राई, कृष्ण किसु, केशवनाथ योगी र शरद अधिकारी ।
७. आर्थिक तथा भौतिक संरचना विभाग : प्रमुख प्रा.डा. धु्रव कुमार घिमिरे, सचिव राममणि ढुङ्गेल, सदस्यहरु नवराज रिजाल, मधु क्षेत्री, भक्त बहादुर कार्की, धर्मराज दानी, डा. देवी दुलाल क्षेत्री, इन्द्र लामा, जगत प्रसाद रेग्मी, लोक बहादुर थापा, केशव थापा, गिरी प्रसाद बुढा र जनक रसिक ।
बैठकबाट केन्द्रीय समितिका सल्लाहकारहरु पनि चयन गरिएकाे छ, जसमा १. मातृका पोख्रेल, २. शान्ता मानवी, ३. डा. अमर गिरी, ४. खगेन्द्र राई, ५. राम प्रकाश पुरी, ६. पदम प्रसाद शर्मा, ७. डा. बिन्दु शर्मा, ८. मिश्र वैजयन्ती, ९. डा. कृष्णराज अधिकारी, १०. डा. पुष्करराज भट्ट, ११. आर.एम. डङ्गोल, १२. प्रा. केशव सुवेदी, १३. प्रा.डा. पशुपतिनाथ तिमल्सेना, १४. प्रा.डा. बद्रिविशाल पोखरेल, १५. प्रा.डा. कपिलदेव लामिछाने, १६. प्रा.डा. श्रीधर गौतम, १७. प्रा.डा. गोपीन्द्र पौडेल, १८. प्रा.डा. कृष्ण प्रसाद घिमिरे, १९. प्रा.डा. हेमनाथ पौडेल, २०. राम विनय, २१. वासुदेव अधिकारी, २२. रमेश रञ्जन झा, २३. सरोज ओली, २४. हरिगोविन्द लुइँटेल, २५. इन्द्र रेग्मी, २६. जसराज किराँती, २७. भेषमान गिरी, २८. उपप्रा.डा. गोविन्द आचार्य, २९. तेजेन्द्र प्रसाई रहेका छन् ।
बैठकले केन्द्रीय समितिबाट विभिन्न जिल्लाका इन्चार्जहरु समेत निम्न अनुसार तोकेको छ : १. मधु क्षेत्री– काठमाडौँ, २. राममणि ढुङ्गेल– काभ्रे र भक्तपुर, ३. बालाकृष्ण अधिकारी– ललितपुर, ४. पुरु लम्साल– धादिङ, नुवाकोट र रसुवा, ५. शालिकराम तिमिल्सिना– चितवन र मकवानपुर, ६. झगिन्द्र ढकाल ‘पारस’– रामेछाप, दोलखा र सिन्धुपाल्चोक, ७. ओम प्रकाश घिमिरे– भोजपुर, खोटाङ, उदयपुर र सङ्खुवासभा, ८. मधु पोखरेल– सुनसरी र मोरङ, ९. बम बानिया– सोलुखुम्बु र ओखलढुङ्गा, १०. सुमित्रा बाङ्देल चेली– झापा र इलाम, ११. सरस्वती दुमी राई– पाँचथर र ताप्लेजुङ, १२. कमल कार्की– धनकुटा र तेह«थुम, १३. केशव थापा– रोल्पा र प्युठान, १४. शरद अधिकारी– रुकुम र दाङ, १५. प्रदीप प्रधान– रुपन्देही र कपिलवस्तु, १६. मीन बहादुर राना– गुल्मी र पाल्पा, १७. राजेश विश्वकर्मा– नवलपरासी र अर्घाखाँची, १८. मणि अर्याल– बाँके र बर्दिया, १९. बाबुराम आचार्य– कैलाली र कञ्चनपुर, २०. जनक रसिक– बैतडी, डोटी, बझाङ र बाजुरा, २१. नरेश न्यौपाने– अछाम, दार्चुला र डडेलधुरा, २२. गिरी प्रसाद बुढा– पश्चिम रुकुम, जाजरकोट र डोल्पा, २३. डा. दीपक गौतम– सुर्खेत, सल्यान, हुम्ला र दैलेख, २४. जीवन शाही– कालीकोट, मुगु र जुम्ला, २५. तारा प्रसाद शर्मा– म्याग्दी, पर्वत र तनहुँ, २६. अर्जुन पौडेल– कास्की, बागलुङ र स्याङजा, २७. नारायण मरासिनी– गोरखा, लमजुङ र नवलपुर ।
बैठकले परिसंवाद, विचारगोष्ठी, कार्यशाला, कविगोष्ठी, अनुवाद कार्य लगायतका माध्यमबाट वैचारिक र सिर्जनात्मक क्षेत्रका कामहरुलाई अगाडि बढाउने र ‘प्रलेस’ को प्रकाशनलाई निरन्तरता दिने निर्णय गरेको छ । यसका साथै इतिहास लेखनको कामलाई पनि निरन्तरता दिने निर्णय गरेको छ ।
बैठकले ‘प्रलेस’ प्रकाशनका लागि उपमहासचिव आर.सी. न्यौपाने प्रधान सम्पादक, सचिव प्रकाश थापा मगर कार्यकारी सम्पादक, शालिकराम तिमिल्सिना, नवराज रिजाल र कौशिला रिसाल सम्पादक मण्डल तथा बम बानिया प्रबन्धक रहेको प्रकाशन समिति पनि गठन गरेको जनाएकाे छ ।
प्रतिकृया दिनुहोस