• शुक्रबार-बैशाख-१४-२०८१

मिस टिन २०१९ उपाधि प्रतिभा राईलाई 

 
सोलुखुम्बु, ८ भदौ  : थुलुङदूधकोशी गाउँपालिका–७ देसाकी प्रतिभा (रानी) राईले मिस टिन २०१९ कोे उपाधि जितेकी  छिन् । काठमाडौँको जमलस्थित राष्ट्रिय नाचघरमा शनिबार आयोजना गरिएको प्रतिस्पर्धामा अन्य छ प्रतिस्पर्धीलाई पछि पार्दै प्रतिभाले उपाधि जित्न सफल भएकी  हो ।


प्रतियोगिताबाट राईले उपाधि जित्दै ताज पहिरिन सफल भएको उनका बुबा रामसङ्घर्ष किरातीले जानकारी दिए  । फाइनल चरणमा रहेका सातमध्ये मोष्ट भ्यूज र मिस ट्यालेण्टको समेत उपाधि प्रतिभाले पाएको आयोजकले जनाएको छ ।


सल्लेरीको एक निजी विद्यालयमा एसइई उत्तीर्ण गरेकी प्रतिभा काठमाडौँको ग्रामर कलेज कोटेश्वरमा विज्ञान सङ्कायमा कक्षा १२ मा अध्ययनरत छिन् । राईले उपाधि जितेसँगै सहयोग गर्ने सम्पूर्णमा धन्यवाद दिएकी  छिन् ।

 

रिबन इन्टरटेनमेन्टद्धारा आयोजित उक्त प्रतियोगितामा सोलुखुम्बुलाई प्रतिनिधित्व गर्दै सहभागिता जनाएको बताउने राईले आफ्नो रुचि मात्र नभई गाउँठाउँको समेत पहिचान जोगाउन लाग्ने प्रतिक्रिया दिएकि छिन्  । 
प्रतिभाका बुबा रामसङ्घर्ष किराती थुलुङदूधकोशी गाउँपालिका वडा नं ७ का वडाध्यक्ष छन्  भने आमा दुर्गालक्ष्मी राई शिक्षकछिन् ।  रासस

प्रतिकृया दिनुहोस