• बुधबार-भदौ-२५-२०८२

अर्थात जेमन्त : शरदराज गौतम

 

यसलाई सामान्य प्रतिशोधको हिसाब किताबमा बुझियो भने
मुलुकको राजनैतिक कोर्र्षले फेरि पनि कन्सपिरेसी थ्योरीको वृत्तमा आफूलाई रुमल्याउनेछ ।
आजभोलि ज्यास्ती र सजिलो प्रचलनमा रहेको च्याम्पटी विधि हो, यो ।
षडयन्त्र देख्ने सिद्धान्त ।
सजिलो र टकट्क्याएर बुद्धिबिलास गर्ने विधि ।
एकथरि सत्ता चाटुकारहरू अझैपनि अनुमान काढेर बस्छन् ।
संविधान जारी हुंँदा जसजसको अनुरोध, दबाब र धम्की सिहार्न सकिएन ।
तिनले  एक एकलाई आर्यघाटसम्म प्रेतात्मा भएर लखेट्छन् । 
र, के पी त्यसैको शिकार बनाइदैछन् ।
यति होल्डिङ्समा सरकारको निकृष्टतालाई केबल कन्सपिरेसीमा हेरिन्छ भने
त्यो सरासर बकबास बाहेक केही हुन्न ।
यो, सरकार र सरकारमा बस्नेहरूको नितान्त राजनैतिक घोकाधडीको एउटा कडी हो । 
कहिले दुई तिहाई र कहिले बहुमत शासन गर्ने जनमत दिने जनतामाथि
राजनैतिक आवरणमा गरिएको ‘ठगी’ हो ।
यति होल्डिङ्सका सन्दर्भमा सरकारी पदाधिकारीहरू जसरी प्रस्तुत भएका छन् ।
त्यो, अपुताली सिहार्ने हर्कतभन्दा बढ्ता होइन ।
तिनको तर्क, स्पष्टीकरण र तिनको मनोभाव सोहोरेर हेर्दा
टोले हुल्याहाका बदमास कार्यकर्ताभन्दा बढ्ता छैन ।
यसकै दर्पण छायाँँमा हेर्दा, लाग्छ ।
के पी ओलिको म भष्ट्राचार गर्दिन र गर्न दिन्न भन्ने बकबास
नितान्त एउटा फट्याँई, निम्न मध्यमवर्गीय पुँजीवादी सोच र आचरण बाहेक केही होइन ।
उनले आफ्नो लामो राजनैतिक जीवनमा कमाएको सबै साखको चिहान हो, यो ।
अझ यसलाई ठूलो फ्रेममा हेरियो भने
मिडिया काउन्सिल विधेयक किन आउन लागेको बुझ्न कठिन हुन्न ।
मानव अधिकार आयोगको सिफारिसलाई 
महान्याधिवक्ताको तजबिजमा किन राख्न खोजिएको बुझ्न सकिन्छ ।
मधेशतिर हाटबजारतिर प्रयोग हुने शब्द हुन्छ, पैकार ।
यी थोकमा आयातित व्यापार गर्ने व्यापारी हुन् ।
ती हाट हाटमा निश्चित समय पछि घोडा घोडामा लादेर पुग्छन ।
सही अर्थमा ती ग्रामीण सरल अर्थतन्त्रको मनोविज्ञान विथोल्छन् ।
ग्रामीण क्रेता र विक्रेता लामो समयसम्म अलमलिन्छन् ।
कुन ठीक कुन बेठीक भनेर ।
तिनको माग आपूर्ति पद्धति र मूल्य भताभुड्ड हुन्छ ।
नेपाली राजनीतिमा चुनावको एक किसिमको नैतिक र सामाजिक धरातल थियो ।
त्यो भेद्य थियो, त्यतिसम्म भन्न सकिएला ।
नेपाली मतदाताको त्यै कमजोड नैतिक र सामाजिक धरातललाई भेदेर
केपीले राजनीति गरे, त्यो सांँचो हो ।
तर, केपीले नेपाली राजनीतिमा जुन ‘हन्तकाल’ भिœयाए
त्यो बिसञ्चो थियो ।
वहाँको पक्षको बहुमतको लेदो उत्सर्जन मात्रै हो, यति होल्डिङ्स ।
र, नेपाली राजनीतिमा भित्रिन खोजेको अवसाद हो ।
यो, कम्युनिष्ट सरकारको ठूलो फ्रेमको असाध्यै सानो आकारको अनैतिक प्रकरण हो ।
नेपाली समाजमा आहानै छ ।
....केलाई धन प्यारो
कोढीलाई काया ।
मलाई लागेको छ ,
केपी ओलीले पहिलो पल्ट इतिहासमा पृथक प्रधानमन्त्रीको छवि दिन चुकेको छन् ।
उनको सम्पत्तिले एघार पुस्ता पु¥याउनु नै थिएन ।
न त उनको ख्यातिले इतिहासमा उनलाई महान बनाउन सक्ने थियो ।
अपुताली सिहार्न पल्केका केही भ्रमितहरूबाट
हाम्रा प्रधानमन्त्री छट्टु हुन राजी भएको मात्रै हो ।
र, त्यसैको परिणाम हो
नेपाली राजनीतिमा स्यालहरूको बिगबिगी बढेको ।

 

प्रतिकृया दिनुहोस