• शनिबार-जेठ-१०-२०८२

अवैतनिक राजदूतहरूलाई  बडीगार्डसहित भन्सार छुटमा करोडौंका गाडी सुविधा   !! (हेर्नुस् पूरा नाम लिष्ट )

यिनै हुन् ५१ देशका महामहिम अवैतनिक  राजदूतहरू 

   


काठमाडौं । एकजना भ्रष्ट ब्यापारीले गर्दा नेपालका अन्य साँच्चिकै अवैतानिक राजदूतहरूलाई  भने  पर्नसम्म मर्का पर्न गएकाे जानकारी हुन आएको छ । २०७६ चैत २५ गते परराष्ट्र मन्त्रालयले नेपालस्थित विभिन्न देशका अवैतनिक राजदूतलाई दिएको निलो नम्बरप्लेट र झन्डा राख्ने सुविधा हटाएपछि त्यस्ताे मर्का पर्न गएकाे हाे । 

 

नेपालका लागि किर्गिस्तानका 'अवैतनिक महावाणिज्यदूत' सुविधा उपभाेग गर्दै देश लुट्न अग्रसर रहेका कालाे धन्दावाला  व्यापारी सुलभ अग्रवाल 'स्वास्थ्य सामग्री'को कालोबजारी गरेको आरोपमा पक्राउ परेपछि परराष्ट्र मन्त्रालयले नेपालस्थित ५१ जना (सबै) अवैतनिक महावाणिज्यदूतहरूको झण्डा राख्न पाउने र गाडीमा निलाे नम्बर  प्लेट सुविधा खोस्ने  निर्णय गरेकाे छ । 

 

नेपालसंग कुनै बन्द ब्यापार, खासै कूटनीतिक सम्बन्ध नभएतापिन ब्यापारीहरू खास गरी  मारवाडी समुदायका धेरै बद्नाम, विवादस्पद  व्यापारीहरूले  अवैतनिक महावाणिज्यदूतकाे कागज हात पारेर कूटनीतिक सुविधा लिंदै  त्यसकाे सक्दाे दुरूपयाेग गर्दै आइरहेका छन् भन्ने एउटा दह्राे उदाहरण हाे, सुलभ अग्रवालकाे कालाे धन्दाकाे भण्डाफाेर । 


महावाणिज्यदूत कागज हात पारेपछि परराष्ट्र मन्त्रालयको सिफारिसमा  राज्यले कराेडाैंकाे गाडी आयात गर्दा लाग्ने कराेडकै भन्सार महसुललगायत सबै कर  शून्य अथवा पूर्ण छुट कूटनीतिक सुविधा अन्तरगत  लिएर दुरूपयाेग समेत गर्दै आएका छन् । देश देश बिचको सम्बन्ध विस्तार र कूटनीतिक सम्बन्ध विस्तार गरेरआयात निर्यातको ब्यापार,  सांस्कृतिक सम्बन्ध विस्तार, भाइचारा सम्बन्धका बारेमा कुनै गतिविधि नगर्ने मात्र हाेइन  फिटिक्कै सिन्को समेत नभाँच्ने महावाणिज्यदूतहरू वर्षाैं वर्षसम्म एकै व्यक्ति किन ? पराष्ट्र मन्त्री  प्रदीप  ज्ञवालीकाे  नेतृत्वकाे पराष्ट्र मन्त्रालयले तत्काल छानविन र  मूल्यांकन गर्नु  जरूरी भएकाे छ । पराष्ट्र मन्त्रालयले खराब चरित्रका, बद्नाम, शंकास्पद, कूटनीतिकमर्यादमा नबस्नेहरू काे काे हुन् दूधकाे दूत पानीकाे पानी गर्नुपर्ने भएकाे छ । 

 

 

आफ्नाे र आफ्ना परिवारकाे   स्वार्थका लागि  कूटनीतिक सुविधा उपभाेग गर्दै आएका सुलभ अग्रवाल जस्ताले २ /४ करोड पर्ने गाडीमा लिएकाे कराेडाैंकाे भंसार महसुल  छुट समेतकाे सुविधा तत्काल  असुल उपर गर्नुपर्छ । कतिपय एउटै व्यापारिक घरानाका ब्यक्तिहरू बाबु-छाेरा समेतले अवैतनिक महावाणिज्यदूतकाे 'परिचय पत्र' लिएर कूटनीतिक  सुविधाकाे व्यापक दुरूपयाेग गर्दै आएकाे परराष्ट्र स्रोत बताउछ। 


बद्नामहरूलाई सुरक्षाा गार्ड किन  ? 


नेपाल प्रहरी स्राेतका अनुसार,  कतिपय शंकास्पद चरित्रका  नाममात्रका  महावाणिज्यदूतहरूले नेपाल सरकार गृह मन्त्रालयले सुरक्षा गार्ड(अंग रक्षक) समेत उपलब्ध गराउँदै  आएकाे छ । राज्य काेषबाट तलब भत्ता खाएर बद्नाम व्यापारीहरूकाे सुरक्षाका लागि नेपाल प्रहरी, पहरा गणले कति महावाणिज्यदूतहरू भनिनेहरूलाई सुरक्षा गार्ड(पीएसओ) उपलब्ध गराउँदै आएकाे छ ? तत्काल सार्वजनिक गराेस् । 


परराष्ट्र मन्त्रालयले उल्लेख गरे अनुसार, हाल ५१ देशकाे नाममा अवैतनिक  महावाणिज्यदूतकाे परिचय पत्र लिएर कूटनीतिक सुविधा उपभाेग गर्दै आएका कतिपय व्यक्तिहरू भने कूटनीतिक  मर्यादाभित्र रहेर राष्ट्र हितमा काम पनि गर्दै आएका छन् ।

 

कतिपय सम्मानित व्यक्तिहरू जसले  अवैतनिक महावाणिज्यदूतकाे जिम्मवारी  पाएका छन् तिनीहरूले नेपाल राष्ट्रका साथै सम्बन्धित राष्ट्रकाे हितमा कूटनीतिक सम्बन्धकाे विस्तार, बन्द व्यापारकाे विस्तार, सांस्कृतिक सम्बन्ध जाेड्ने जस्ताे काम गरेकाे पनि पाइएकाे छ । अवैतनिक महावाणिज्यदूत  जति छन् ती   मध्ये कतिपय कूटनीतिक  मर्यादामा  रहेर स्वच्छ ढंगले काम गर्नेहरू पनि छन् ।  सबै बद्नाम, कालाेधन्दा गर्ने सुलभ अग्रवालकै चरित्रका छैनन्  । 


यिनै हुन् ५१ देशका महामहिम अवैतनिक  राजदूतहरू 


हेर्नुस् पूरा नाम लिष्ट 


) भियतनाम – राजेशकाजी श्रेष्ठ
२) युक्रेन  – किरण वैद्य
३) टर्की  – प्रेम प्रसाद खेतान
४) तान्जनिया – राजेश चौधरी
५) स्वीडेन  – गजेन्द्र बहादुर श्रेष्ठ
६) स्पेन  – श्रीमती अम्विका श्रेष्ठ
 ७) साउथ अफ्रिका  – प्रदीप कुमार श्रेष्ठ
८) स्लोभेनिया  – हरि भक्त शमौ
९) स्लेभाक रिपब्लिक  – पासाङ्ग  दावा
१०) सर्विया  – निर्वाण चौधरी
११) रोमानिया  – नारायण बज्राचार्य
१२) पोर्चुगल  – राजेन्द्र कुमार खेतान
१३) पोल्याड  – लोकमान गोल्छा
 १४) फिल्पिन  – सुरज वैद्य
 १५) पेरु  – सुमित कुमार अग्रवाल
 १६)  पपुवा न्यूजिनिया  – पुन भण्डारी
१७) नेदरल्याड  – Mr. Pepijn Trapman, Honorary Consul,  
१८) मोरक्को  – बसन्त चौधरी
१९) मँगोलिया  – Mr. Tsetan Gyurman Shrestha, Honorary Consul
२०) म्याक्सिको  – नरेश दुगर
२१) माल्टा  – दिनेश श्रेष्ठ
२२) माल्दीभ्स  – राहुल चौधरी
२३) लकजाम्बर्ग  – श्रीराम लामिछाने
 २४) लिथुनिया  – शोभाकर नेउपाने
२५) लतमिया  – करण वैद्य
२६) किर्गिजज रिपब्लिक सुलभ अग्रवाल 
२७) काजिकास्तान  – बरुण चौधरी
२८) इटली  – प्रतिभा राणा पाण्डे
२९) आयरल्याण्ड  – मनोज बहादुर श्रेष्ठ
३०) इरान  – नरेश श्रेष्ठ
 ३१) इण्डोनेशिया  – चन्द्र प्रसाद ढकाल
३२) हँगेरी  – अरुण कुमार चौधरी
३३) गुनिया  – अशोक कुमार अग्रवाल
 ३४) ग्रिस  – विक्रम पाण्डे
३५) जर्जिया शिव रतन शारङ्का
३६) फिनी  – पारस शाक्य 
३७) इथोपिया  – राजेन्द्र गिरी
३८) इस्टोनिया  – नवराज दाहाल
३९) इकोडोर  – शशीकान्त अग्रवाल
४०) डेनमार्क  – हरि धरेल
४१) साइप्रस  – पद्य ज्योति
४२) क्रोसिया  – अमिर प्रताप राणा
४३) कोलम्बिया  – विनयमान श्रेष्ठ
४४) चिली   – वसन्त राज मिश्र
४५) चेक रिपब्लिक  – विष्णु कुमार अग्रवाल 
४६) क्यानडा  – डा. बुद्ध बस्न्यात
४७) बुल्गेरिया  – भोला विक्रम थापा
 ४८) बोस्निया एण्ड हर्जगोभिना  – शशी अग्रवाल
 ४९) बेल्जियम  – आङ्छिरिङ्ग शेर्पा
५०) बेलारुस  – अजयराज सुमार्गी
५१) अस्ट्रिया – राजेश बाबु श्रेष्ठ

 

प्रतिकृया दिनुहोस