• शुक्रबार-चैत-१६-२०८०

रंग विरंग : दाइजोमा विषालु सर्प 

 

विवाहको परम्परा र संस्कृति स्थान र जाति अनुसार फरक र विविध रहेको छ । हामीले घरमा चाहिने आवश्यक सामान, फर्निचर, रकम दाइजोमा दिएको त सुनेकै छौं । तर, हाम्रो छिमेकी मुलुक भारतको मध्य प्रदेशमा एक विशेष समुदायमा विवाहमा विषालु सर्प दाइजो दिइन्छ । मध्य प्रदेशको गौरिया समुदायमा आफ्ना ज्वाँईंलाई विषालु सर्प दिने वर्षाैंदेखि यो समुदायमा चल्दै आएको परम्परा हो ।

 

यो समुदायको आफ्नी छोरीसँगै सर्प नदिएमा विवाह  छिट्टै टुट्ने मान्यता छ । विवाहमा दाइजो दिनकै लागि यो समुदायले सर्प समात्न सुरु गर्दछन् । यहाँका बालबालिकाहरू पनि सर्पदेखि डराउँदैनन् । यो समुदायको पेशा पनि सर्प समात्नु र यसलाई प्रदर्शन  आम्दानी गर्नु हो । 

प्रतिकृया दिनुहोस