• शुक्रबार-बैशाख-१४-२०८१

यो हो विश्वकै महंगो अंगुर 

 

अंगुरको मूल्य हरेक वर्ष १०० को हाराहारीमा हुने गर्दछ । तर, एउटा यस्तो प्रकारको अंगुर छ जसको मूल्य एक गुच्छाका लागि रु. १० लाखभन्दा बढी तिर्नुपर्ने हुन्छ । रुबी रोमन नाम गरेको यस अंगुरको प्रजातिको विकास सन् १९९५ मा गरिएको थियो ।  जापानको इशिकावामा यस प्रजातिको अंगुर विकास गर्नका लागि प्रीफेक्चुरल एग्रीकल्चर रिसर्च सेन्टरले अपिल गरेको थियो । रिसर्च सेन्टरले करिब २ वर्षसम्म यसको एक्सपेरिमेन्ट गरेको थियो ।

 

चार सय झुप्पामा केवल यसको ४ वटामात्र अंगुरको दाना आएको थियो । रुबी रोमनलाई इशिकावाको खजाना पनि भनिन्छ । यस प्रजातिको एक अंगुरको तौल करिब २० ग्राम हुने गर्दछ र गुच्छामा २४ अंगुर हुने गर्दछ । जापानमा रु. १० लाखभन्दा बढी मूल्य तिरेर एक गुच्छा अंगुर किन्ने गर्दछन् । यसलाई धनीहरूको फल भनेर पनि चिनिन्छ । यसको प्रयोग शुभ अवसरहरूमा गिफ्ट दिनका लागि गरिन्छ । 

प्रतिकृया दिनुहोस